close

आज राति ४ घण्टा टेलिकमको रिचार्ज र प्याकेज सब्सक्रिप्सन अवरुद्ध हुनसक्ने

टेकपाना टेकपाना

असार १०, २०८० १७:३४

आज राति ४ घण्टा टेलिकमको रिचार्ज र प्याकेज सब्सक्रिप्सन अवरुद्ध हुनसक्ने

काठमाडौं । आज राति चार घण्टाका लागि नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ ।

कम्पनीको नियमित सिस्टम मर्मत सम्भारको काम हुने भएकाले आज राति ११:४५ बजेदेखि चार घण्टासम्म सेवा अवरुद्ध हुने कम्पनीले जनाएको छ । 

कम्पनीले जारी गरेको एक सूचनाका अनुसार यो अवधिमा कुनै पनि प्याकेज सब्स्क्रिप्सन, जिज्ञासा तथा रिचार्जको सेवा अवरुद्ध हुनेछ । सो बाहेकका सेवाहरू भने सुचारु हुने कम्पनीले जनाएको छ । 

"सिस्टमको नियमित मर्मत सम्भारको क्रममा आज २०८०/०३/१० को राती ११:४५ बजे देखि ४ घण्टा सम्म प्याकेज सब्स्क्रिप्सन, क्वेरी तथा रिचार्ज सेवा अवरुद्ध हुनसक्ने र सो बाहेकका सेवाहरू सुचारु हुने भएकोले जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ," सूचनामा उल्लेख छ ।   

पछिल्लो अध्यावधिक: असार १०, २०८० १९:३५