close

१ दर्जन बढी डिभाइस सार्वजनिक गर्ने तयारीमा एप्पल

टेकपाना टेकपाना

असार १२, २०८० ९:१०

१ दर्जन बढी डिभाइस सार्वजनिक गर्ने तयारीमा एप्पल

काठमाडौं । एप्पलले आउँदो केही महिनामा नै एक दर्जनभन्दा बढी डिभाइस सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ब्लुमबर्गमा प्रकाशित एक लेखका अनुसार कम्पनीका १५ नयाँ डिभाइस सार्वजनिक हुने क्रममा छ । 

यस अन्तर्गत म्याक, आईप्याड, आईफोन, एप्पल टिभी देखि लिएर एप्पल वाचसम्म रहेका छन् । लेखका अनुसार २०२३ को अन्त्यमा एप्पलले एप्पल वाच सिरिज ९ को दुई नयाँ मोडेल, एप्पल वाच अल्ट्राको दोस्रो संस्करण र आईफोन १५ सिरिज सार्वजनिक गर्नेछ । 

यस्तै सन् २०२४ को सुरुवातमा कम्पनीले एमथ्री प्रो र एमथ्री म्याक्स चिप सहित नयाँ १४ र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक गर्नेछ । साथै एमथ्री चिप सहितको १३ इन्चको म्याकबुक पनि सार्वजनिक हुनेछ । 

म्याक​बुक एयरका दुई नयाँ २४ इन्चको मोडल पनि सार्वजनिक हुने बताइएको छ । कम्पनीले दुई नयाँ आईप्याड प्रो पनि सार्वजनिक गर्नेछ भने तेस्रो जेनेरेसनको एयरपड्स प्रो पनि बजारमा आउने तयारीमा छ ।       

नयाँ फिचरसहित एप्पल टिभी पनि सार्वजनिक हुनेछ । यद्यपि एप्पलको भिजन प्रो हेडसेटको नयाँ मोडेल भने सन् २०२५ भन्दा अगाडि सार्वजनिक हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असार १२, २०८० १४:४८