close

क्यूए इन्जिनियरलाई जागिरको अवसर

टेकपाना टेकपाना

असार १२, २०८० १९:५८

क्यूए इन्जिनियरलाई जागिरको अवसर

काठमाडौं । अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी निरेखा प्रालिले क्वालिटी एस्योरेन्स (क्यूए) इन्जिनियर माग गरेको छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने निरेखाले एक सूचना निकाल्दै  पाँच जना क्यूए इन्जिनियरको माग कम्पनीले गरेको हो ।

कम्प्युटर साइन्स, कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन वा सूचना प्रविधि विषयमा कम्तिमा स्नातक उत्तीर्ण र ३-५ वर्षकाे अनुभव भएका व्यक्तिले सो पदमा आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले कम्पनीको मेल एड्रेस [email protected] मा आफ्नो बायो डेटा पठाउनु पर्नेछ ।

पछिल्लो अध्यावधिक: असार १२, २०८० १९:५८