close

एप्पल एयरपडको लोकेसन ट्रयाकिङको मद्दतमा संदिग्ध चोरसम्म प्रहरी पुगेपछि...

टेकपाना टेकपाना

असार १४, २०८० १०:१०

एप्पल एयरपडको लोकेसन ट्रयाकिङको मद्दतमा संदिग्ध चोरसम्म प्रहरी पुगेपछि...

काठमाडौं । गत २०२२ को नोभेम्बर र यस वर्षको मे महिनामा चोरहरूले वासिङटनमा रहेको ओलम्पिक नेसनल पार्कमा राखिएका अनेकौं सवारी साधन र सरकारी बिल्डिङ हरो फुटाएका थिए । उक्त पार्कबाट ल्यापटप, रेडियोका साथै त्यस क्षेत्रमा घुम्न आउने पर्यटकका व्यक्तिगत सामान गरी हजारौं डलर मूल्यका सामान चोरिएका थिए ।

त्यसमा एक जोडी एप्पल एयरपड समेत थियो । नेसनल पार्क सर्भिस अनुसन्धानका अनुसार त्यहाँको प्रशासनलाई उक्त एयरपडमा रहेको लोकेसन ट्रयाकिङ फिचर निकै उपयोगी सावित भइदियो ।

मेको सुरुतिर उक्त एयरपडका धनीले हेडफोन लक गरेका थिए । फोब्सले समीक्षा गरेको सर्च वारेन्ट अनुसार ती एयरपडले निश्चित जीपीएस लोकेसन पठाउन सक्थे । 

त्यो लोकेसन तिनै संदिग्ध व्यक्तिहरूले प्रयोग गरेको गाडी राखिएको ठाउँसँग मेल खायो, जो दुई जनासँग नेसनल पार्क सर्भिसबाट चोरी भएका जस्तै देखिने ग्यास क्यानिस्टर फेला परेपछि निकुञ्जका रेञ्जरहरूले सोधपुछ गरेका थिए ।

थप प्रमाणको अभावमा त्यतिखेर कसैलाई पनि पक्राउ गरिएन । तर त्यसको एक हप्तापछि एयरपडका धनीले उक्त हेडफोन वासिङ्टनको पोर्ट एन्जल्सको गल्ली हुँदै गएको जानकारी प्रहरीलाई दिए ।

त्यो अर्को मेल खाने विषय थियोः किन कि ती संदिग्ध अधिकारीहरूलाई पार्क छोडेपछि आफ्ना केही क्पाम्पिङ उपकरण सोही ठेगानामा स्टोर गर्ने बताएका थिए ।

हुन त अहिलेसम्म ती संदिग्धलाई आरोप लगाइएको त छैन, तर यो प्रकरणले एप्पलको एयरपडमा रहेको एउटा सानो लोकेसन ट्रयाकिङ फिचर कसरी संदिग्धलाई पक्राउ गर्न र सम्भावित अभियोग लगाउने कार्यमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा देखाउँछ ।

हालैका वर्षमा एप्पलको फाइन्ड माई आईफोन र एयरट्याग प्रविधिले संदिग्धहरूको गतिविधि निगरानी गर्न प्रहरीलाई मद्दत गरिरहेको छ ।

थुप्रै प्रविधि निर्माता कम्पनीहरूले जीपीएस राखिएका उत्पादनहरू बनाइरहेका छन्, जसले हराएको एउटा हेडफोनको जोडी भन्दा पनि निकै ठूलाठूला अपराध अनुसन्धानमा प्रहरीलाई सघाउन सक्ने अपेक्षा गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असार १४, २०८० १०:१०