close

भक्तपुर गट्ठाघरमा खुल्यो सीजी डिजिटल शोरूम, उद्घाटनको अवसरमा विशेष छुट

टेकपाना टेकपाना

असार २१, २०८० ९:३२

भक्तपुर गट्ठाघरमा खुल्यो सीजी डिजिटल शोरूम, उद्घाटनको अवसरमा विशेष छुट

काठमाडौं । चौधरी ग्रुपको आफ्नै विद्युतीय सामग्रीको नयाँ तथा भव्य मल्टी ब्रान्ड  शोरूम सीजी डिजिटलको २३ औं शाखा भक्तपुरको गठ्ठाघरमा खुलेको छ । बुधबारदेखि उक्त शोरूम सञ्चालनमा आएको हो ।

सीजी डिजिटलको शोरूममा एलजी, सीजी, टीसीएल, गोडरेज, सेन्सेई, मिडिया, बेको, ब्ल्याक प्लस डेकर, केन्ट, लगायतका विभिन्न ब्रान्डका घरायसी विद्युतीय सामाग्री उपलब्ध छन् । जसमा एलईडी टिभी, वाशिङ मसिन, रेफ्रिजेरेटर, माइक्रो वेभ ओभन, भ्याकुम क्लिनर, डिश वाशर, एयर प्युरिफायर, म्युजिक सिस्टम, राइस कुकर, मिक्स्चर ग्राइन्डर, स्मार्ट डोमेस्टिक अप्लायन्सेस, स्मार्ट होम अप्लायन्सेस लगायत रहेका छन् ।

भुईँ तल्लाको २२५० वर्ग फिट क्षेत्रफलमा बनेको यो शोरूम गट्ठाघर चोकको मुख्य व्यापारिक केन्द्रमा रहेको छ । जहाँ निःशुल्क पार्किङको समेत व्यवस्था मिलाइएको छ। यो शोरूम हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुका ०७:३० बजेसम्म सञ्चालन हुनेछ ।

गट्ठाघर स्थित सीजी डिजिटल शोरूममा ओपेनिङको विशेष छुट, शून्य प्रतिशत किस्ता बन्दी, फ्री गिफ्टका साथै एक्सचेन्ज अफर समेत रहेका छन् । साथै प्रोडक्ट लाइभ डेमो, कुकिङ क्लास र प्रिभेन्टिभ मेन्टिनेन्स सर्भिस (पीएमएस) को पनि व्यवस्था छ । चौधरी ग्रुपले काठमाडौं लगायत इटहरी, हेटौंडा, भरतपुर, विराटनगर र पोखरामा पनि सीजी डिजिटल शोरूम सञ्चालनमा ल्याइसकेको छ ।

पछिल्लो अध्यावधिक: असार २१, २०८० ९:३२