close

आज आउँदै एसईई रिजल्ट, यस्तो छ हेर्ने तरिका

टेकपाना टेकपाना

असार २१, २०८० १२:६

आज आउँदै एसईई रिजल्ट, यस्तो छ हेर्ने तरिका

काठमाठौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार विद्यार्थीले परीक्षामा प्राप्त गरेको नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइरहेको र अन्य समस्या नआए नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । 

मेसेजमार्फत नतिजा हेर्ने तरिका

एसईईको नतिजा नेपाल टेलिकमको एसएमएसमार्फत हेर्न तल उल्लिखित प्रक्रिया अपनाउनुहोस्:

-सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस् ।

-त्यसपछि न्यु मेसेजको अप्सनमा ट्याप गर्नुहोस् ।

-त्यसपछि SEE लेखेर आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० (उदाहरणका लागि- SEE 12345678 टाइप गरी 1600)  मा पठाउनुहोस् ।

-त्यस्तै नेपाल टेलिकमको आईभिआर मार्फत नतिजा सुन्नका लागि १६०० मा कल गरेर अपरेटरले दिएको निर्देशन पालना गर्दै सिम्बोल नम्बर टाइप गरिसकेपछि नतिजा थाहा पाउने सकिनेछ ।  

एसएमएसबाट नतिजा हेर्ने अन्य विकल्प निम्न छन्:

-जानकी टेक्नोलोजी प्रालिबाट नतिजा हेर्न ३५००१ मा एसएमएस पठाउनुहोस् ।

-इजी सर्भिस प्रा लिबाट नतिजा हेर्न ३४९४९ मा एसएमएस पठाउनुहोस् ।

-आकाश टेक प्रालिबाट नतिजा हेर्न  ३१००३ मा एसएमएस पठाउनुहोस् ।

-क्रियसन सफ्ट नेपाल प्रालिबाट नतिजा हेर्न ३१०३४ मा एसएमएस पठाउनुहोस् ।

यी सबैमा नेपाल टेलिकमको एसएमएसमार्फत नतिजा हेरे जस्तै प्रक्रिया दोहोर्‍याउनु पर्ने हुन्छ । एसएमएस र आईभीआर सेवामार्फत जीपीए मात्र थाहा पाउन सकिन्छ । 

वेबसाइटबाट नतिजा हेर्ने तरिका

एसएमएसमार्फत जीपीए मात्र हेर्न सक्ने भएका कारण सम्पूर्ण विषयको ग्रेड थाहा पाउन वेबसाइटबाट नतिजा हेर्नुपर्ने हुन्छ । यसका लागि परीक्षा नियन्त्रण कार्यलयले यो वर्ष १४ वेबसाइटलाई स्वीकृति दिएको छ । सम्पूर्ण विषयमा आएको ग्रेड थाहा पाउनका लागि सिम्बोल नम्बर र जन्ममिति आवश्यक हुन्छ । तल उल्लेखित साइटबाट नतिजाको सम्पूर्ण विवरण हेर्न सकिन्छ: 

-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा दशबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

-राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

-नेपाल टेलिकमबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

-एनआईसी एसिया बैङ्कबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-ईडीयू सञ्जालबाट नतिजा हेर्न यहाँ क्लिक क्लिक गर्नुहोस् ।

-कान्तिपुर पब्लिकेसन लिमिटेडबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

-द कनेक्ट प्लस प्रा.लिबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

-खल्ती प्रालिबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-नीमा एडुकेसन फाउण्डेसन प्रा.लिबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

-स्मार्टकार्ड नेपाल प्रालिबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-कम्प्युटायल नेटवर्क प्रालिबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-फोनिक्स एजुकेशन फाउण्डेसनबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-इम्प्रेसिभ मिडिया प्रालिबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-एवान सफ्ट सोलुसन टेक्नोलोजी प्रालिबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असार २१, २०८० १२:६