close

आइएमई पेको फोन नम्बरमा मिस्डकल गर्दा ३०० रुपैयाँसम्म पाइने !

टेकपाना टेकपाना

असार २२, २०८० १६:५५

आइएमई पेको फोन नम्बरमा मिस्डकल गर्दा ३०० रुपैयाँसम्म पाइने !

काठमाडौं । डिजिटल वालेट आईएमई पेले नयाँ क्याशब्याक अफर ल्याएको छ । यसअन्तर्गत असार २२ गते साँझ ६ बजेसम्म ०१-५९७०७०६ मा मिस्डकल गर्ने प्रयोगकर्ताले ३०० रुपैयाँसम्मको क्याशब्याक पाउने कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार केवाईसी भेरिफाइड प्रयोगकर्ता तोकिएको समयभित्र एक पटक मात्र मिस्डकल गरेर यो अफरमा सहभागी हुनसक्ने छन् । मिस्डकल प्राप्त भएपछि प्रयोगकर्ताले शनिबार कम्पनीबाट एसएमएस पाउनेछन्, जसमा के गर्दा ३०० रुपैयाँसम्मको क्याशब्याक पाइन्छ भन्ने उल्लेख गरिएको हुन्छ ।

क्याशब्याक अफरमा सहभागी हुने प्रयोगकर्ताले भने जुन नम्बरबाट आईएमई पे रजिस्टर गरेको छ, त्यही नम्बरबाट मिस्डकल गर्नुपर्ने हुन्छ ।

(नाेटः समाचारमा आइएमई पेको फोन नम्बर ०१-५९७०७०६ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । सं.)

पछिल्लो अध्यावधिक: असार २२, २०८० १७:१४