close

चौतर्फी आलोचनापछि कान्तिपुर टिभीले युट्युबबाट हटायो 'व्हाट द फ्लप'को विवादित श्रृङखला

टेकपाना टेकपाना

असार २५, २०८० १८:५४

चौतर्फी आलोचनापछि कान्तिपुर टिभीले युट्युबबाट हटायो 'व्हाट द फ्लप'को विवादित श्रृङखला

काठमाडौं । कान्तिपुर टेलिभिजनले शनिबार प्रसारित एक अन्तर्वार्ता विवादित बनेपछि युट्युब च्यानलबाट भिडिओ हटाएको छ । सोमबार टिभीले एक पोस्ट राख्दै भिडिओ हटाएको जानकारी दिएको हो । 

“गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई कान्तिपुर टेलिभिजन सम्मान गर्दछ,” सामाजिक सञ्जालमा पोस्ट राख्दै कान्तिपुर टिभीले लेखेको छ, “महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धता साथै एजेन्डा पनि हो । त्यसैले सो कार्यक्रमको कन्टेन्ट युट्युबबाट फिर्ता गरिएको छ ।”

कार्यक्रम प्रसारित भएपछि फेसबुक, ट्वीटर, टिकटक लगायतका सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असार २५, २०८० १९:५