काठमाडौं । इटालियन ब्रान्डको विद्युतीय स्कुटर इको विटको मनसुन अफरको समय थप भएको छ । बिजुली स्कुटर खरिदमा कम्पनीले असार मसान्त सम्मका लागि दिएको आकर्षक अफरको म्याद साउन १५ सम्मका लागि थप गरेको हो ।
यो स्कुटर खरिद गर्ने ग्राहकले निःशुल्क हेल्मेट र रेन कोट पाउनुका साथै एक वर्षको कर र बीमासँगै २१ हजार रुपैयाँ नगद समेत पाउनेछन् । यसका साथै फाइनान्स र एक्सचेन्जको समेत सुविधा रहेको कम्पनीले जनाएको छ ।
करिब आठ महिना अघि नेपाल भित्रिएको यो बिजुली स्कुटर बलियो र आकर्षक समेत रहेको छ । पहिलो चरणमा इकोविट ब्राण्डका विभिन्न ४ मोडेलका स्कुटर बजारमा उपलब्ध छन् ।
आर थ्री
३००० वाट क्षमताको हबमोटर जडित यो मोडेलको स्कुटरमा ६० भोल्ट २६ एएचका डबल लिथिएम ब्याट्री प्याक राखिएको छ । जसले एक पटकको फुल चार्जमा करिब १३० किलोमिटरसम्मको रेञ्ज दिने कम्पनीको दाबी छ ।
डबल ब्याट्रीमा यो स्कुटरको मूल्य तीन लाख ८० हजार रुपैयाँ राखिएको छ । जुन मनसुन अफर अन्तर्गत तीन लाख ५९ हजार रुपैयाँमै पाउन सकिनेछ ।
आर थ्री प्रो
४००० वाट क्षमताको साइड मोटर जडित यो स्कुटरमा ७२ भोल्ट ३२ एएचको डबल लिथियम ब्याट्री प्याक राखिएको छ । जसलाई एक पटक फुल चार्ज गर्दा करिब १८० किलोमिटरसम्म गुड्ने बताइएको छ ।
यो स्कुटरको मूल्य डबल ब्याट्रीमा पाँच लाख ३० हजार रुपैयाँ तथा सिङ्गल ब्याट्रीमा चार लाख ३० हजार रुपैयाँ रहेको छ । जसलाई मनसुन अफरमा क्रमशः पाँच लाख नौ हजार रुपैयाँ र चार लाख नौ हजार रुपैयाँ पर्नेछ ।
भ्याक्स
३००० वाट क्षमताको मोटर राखिएको यो मोडेलमा ७२ भोल्ट २० एएचको लिड एसिड ब्याट्री प्याक रहेको छ । जसले एक पटकको फुल चार्जमा करिब ६० किलोमिटरसम्मको रेञ्ज दिने बताइएको छ ।
यो स्कुटरको मूल्य दुई लाख एक हजार रुपैयाँ राखिएको छ । तर मनसुन अफरमा एक लाख ८० हजार रुपैयाँमै उपलब्ध हुनेछ ।
ई रेट्रो स्टार
दुई हजार वाट क्षमताको मोटर रहेको यो स्कुटरमा ४८ भोल्ट २६ एएचको लिथियम ब्याट्री प्याक छ । जुन एक पटकको फुल चार्जमा करिब १०० किलोमिटर सम्मको रेञ्ज दिन सक्छ ।
डबल ब्याट्रीमा तीन लाख ३४ हजार रुपैयाँ र सिङ्गल ब्याट्रीमा दुई लाख ३५ हजार पर्ने यो स्कुटर मनसुन अफर अन्तर्गत तीन लाख १३ हजार र दुई लाख १४ हजार रुपैयाँमै उपलब्ध हुनेछ ।