close

पशुपतिनाथ मन्दिरमा डिजिटल भेटी चढाउन ग्लोबल आईएमई बैंकको क्यूआर कोड

टेकपाना टेकपाना

साउन १, २०८० ८:१०

पशुपतिनाथ मन्दिरमा डिजिटल भेटी चढाउन ग्लोबल आईएमई बैंकको क्यूआर कोड

काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चढाउन ग्लोबल आईएमई बैंकले क्यूआर कोड राखेको छ । पशुपति क्षेत्र विकास कोषको नाममा खोलिएको बैंक खातामा सोझै रकम जम्मा हुने गरी उक्त क्यूआर कोड राखिएको हो ।

यससँगै कुनै पनि मोबाइल बैंकिङ एपबाट पशुपतिनाथको क्यूआर कोड स्क्यान गरी डिजिटल भेटी चढाउन सकिनेछ । साउने संक्रान्तिको अवसर पारेर सञ्चालनमा ल्याइएको क्यूआर कोडमा विभिन्न डिजिटल वालेटबाट समेत स्क्यान गर्न सकिनेछ ।

अनलाइन तथा डिजिटल भुक्तानी विस्तार गर्ने क्रममा विभिन्न क्षेत्रका भुक्तानी समेत यसमा समेटिँदै गएका छन् । डिजिटल भेटी चढाउँदा नगदमा जस्तो हिनामिना हुने सम्भावना समेत नरहने अपेक्षा गरिएको  छ । 

पछिल्लो अध्यावधिक: साउन १, २०८० ८:१०