close

पत्रकारलाई समाचार लेख्न सघाउने एआई टुल ल्याउँदै गुगल

टेकपाना टेकपाना

साउन ६, २०८० १९:१

पत्रकारलाई समाचार लेख्न सघाउने एआई टुल ल्याउँदै गुगल

काठमाडौं । गु्गलले समाचार लेख्न सक्ने क्षमता भएको नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल तयार गर्दैछ । पत्रकारलाई समाचार लेख्न र सो समाचारका लागि आवश्यक जानकारी संकलन गर्न सघाउन कम्पनीले एआई टुल ल्याउन लागेकाे हाे ।

विभिन्न सञ्चारगृह तथा प्रकाशकको सहकार्यमा गुगलले एआई टुल तयार गरिरहेको अल्जाजिरामा प्रकाशित एक समाचारमा उल्लेख छ । कम्पनीका अनुसार यो टुलले पत्रकारलाई समाचारको शीर्षक राख्न तथा फरक-फरक शैलीमा समाचार लेख्न सहयोग गर्नेछ ।

यसले पत्रकारको क्षमता वृद्धि गर्न मद्दत पुग्ने गुगलको दाबी छ । अल्जाजिरासँगको कुराकानीमा कम्पनीका प्रवक्ता जेन स्रिडरले यो काम अहिले प्रारम्भिक चरणमा रहेको र योजनाबद्ध रुपमा यसमा काम भइरहेको जानकारी दिएका छन् ।

सरोकारवालाहरूबीच यो टुलले पत्रकारलाई सघाउने हो कि उल्टै पत्रकार प्रतिस्थापन गर्ने हो भन्ने विषयमा छलफल चल्न थालेकाे छ ।  तर गुगलका प्रवक्ताले भने यसले पत्रकारलाई प्रतिस्थापन गर्न नसक्ने बताएका छन् । यसले एउटा पत्रकारले जस्तै रिपोर्टिङ गर्न तथ्य जाँच गर्न लगायतका काम गर्न नसक्ने भएका कारण यो टुल सहयोगीको रुपमा मात्र रहने उनको भनाइ  छ ।

पछिल्लो अध्यावधिक: साउन ६, २०८० १९:१