close

शङ्कास्पद देखिएको भन्दै २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद

टेकपाना टेकपाना

साउन ११, २०८० ९:२३

शङ्कास्पद देखिएको भन्दै २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद

 

काठमाडौं । सशस्त्र प्रहरी बलले शङ्कास्पद देखिएको भन्दै २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुम बजारबाट साउन १० गते सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार नेपालगन्जबाट तुल्सीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शङ्कास्पद रुपमा देखिएको उल्लेखित मूल्यको रिचार्ज कार्ड सुरक्षा बेस कुसुमले बरामद गरेको हो । बरामद रिचार्ज कार्ड राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको छ र उक्त रिचार्ज कार्ड मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलको भएको उल्लेख छ । 

पछिल्लो अध्यावधिक: साउन ११, २०८० ९:२४