पैसा नलाग्ने फोन नम्बर र अनलाइन पोर्टलमार्फत लघुवित्त पीडितको गुनासो सुन्दै राष्ट्र बैंक
साउन ११, २०८० १२:११
काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन पोर्टल र टोल फ्रि नम्बरबाट लघुवित्त पीडितहरूको गुनासो सुन्ने भएको छ । लघुवित्त वित्तीय सेवा सम्बन्धी गुनासो दर्ता गर्ने बारे सूचना जारी गर्दै राष्ट्र बैंकले यसको जानकारी दिएको हो ।
इजाजत पत्र प्राप्त 'घ' वर्गका लघुवित्त वित्तीय संस्थाका ऋणीहरूको गुनासो सुनुवाइका लागि केन्द्रीय बैंकले अलग्गै गुनासो सुनुवाइ डेस्क समेत स्थापना गरिएको छ ।
लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना नगरेको, तोकेको भन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानूनी ढङ्गमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायतका जुनसुकै गुनासो टिपाउन सकिनेछ ।
यसका लागि पैसा तिर्नु नपर्ने फोन नम्बर १८१०५००००२२ मार्फत वा गुनासो दर्ता गर्ने अनलाइन पोर्टल गुनासो डट एनआरबी डट ओआरजी डट एनपी बाट वा [email protected] मार्फत त्यस्ता गुनासो राख्न सकिनेछ ।
साथै राष्ट्र बैंकका जुनसुकै कार्यालयमा निवेदन दर्ता गरेर समेत गुनासो दर्ता गर्न सकिने छ ।
पछिल्लो अध्यावधिक: साउन ११, २०८० १२:३७
