close

सीटीईभीटीको समकक्षता प्रमाणपत्रको आवेदन अनलाइनमा मात्र, क्यूआर कोड स्क्यान गर्नुपर्ने

टेकपाना टेकपाना

साउन १२, २०८० ११:५

सीटीईभीटीको समकक्षता प्रमाणपत्रको आवेदन अनलाइनमा मात्र, क्यूआर कोड स्क्यान गर्नुपर्ने

 

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) समकक्षताका लागि अनलाइन फाराम अनिवार्य हुने भएको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै परिषद्‌ले यही १ भदौ २०८० देखि अफलाइन फारामको सेवा बन्द हुने र अनलाइन अनिवार्य गरिने जानकारी गराएको हो ।

सीटीईभीटी पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले स्वदेश तथा विदेशमा अध्ययन गरी प्राप्त गरेको प्रि-डिप्लोमा तथा डिप्लोमा एवम् प्रमाणपत्र तहको प्राविधिक विषयको समकक्षताका लागि आवेदन लिने गरेको छ ।

त्यसका लागि अफलाइन अर्थात भौतिक रूपमा कागजमा फाराम भरी सेवा दिने गरिएकोमा अब अनलाइन फाराम भरी तोकिए अनुसारको आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र समकक्षता सम्बन्धी अन्य सेवा प्रदान गरिने जानकारी परिषद्‌ले दिएको छ । 

अनलाइन फाराम भर्नका लागि क्यूआर कोड समेत सार्वजनिक गरेको सीटीभीटीले त्यस सम्बन्धि विस्तृत जानकारीका लागि सीटीईभीटी डट ओआरजी डट एनपी हेर्न समेत आग्रह गरेको छ । 

पछिल्लो अध्यावधिक: साउन १२, २०८० ११:९