close

चरासँगै हट्ने भयो ट्वीटरको लाइट मोड, अब डार्क मोडमा मात्रै प्रयोग गर्नुपर्ने !

टेकपाना टेकपाना

साउन १२, २०८० १४:३९

चरासँगै हट्ने भयो ट्वीटरको लाइट मोड, अब डार्क मोडमा मात्रै प्रयोग गर्नुपर्ने !

काठमाडौं । ट्वीटरलाई एक्समा रिब्रान्ड गरेसँगै एलन मस्कले अब लाइट मोड हटाउने भएका छन् । बिहीबार एक एक्स ह्यान्डलमा रिप्लाई दिँदै मस्कले अब छिट्टै उक्त प्लेटफर्ममा डार्क मोड मात्र रहने बताएका हुन् । 

“यो प्लेटफर्ममा अब छिट्टै डार्क मोड मात्र हुनेछ,” मस्कले ‘डज डिजाइनर’ नाम भएका प्रयोगकर्ताको ट्वीटमा रिप्लाई गर्दै लेखेका छन्, “यो (डार्क मोड) हरेक कुराले धेरै राम्रो छ ।” यसो त एक्सको डार्क मोडमा टेक्स्ट पढ्न गाह्रो हुने तर्क गर्दै धेरै प्रयाेगकर्ताले मस्कलाई सो प्लेटफर्मबाट लाइट मोड नहटाउन अनुरोध गरेका छन् ।

यद्यपि मस्कले भने राम्रोका लागि ट्वीटरमा डार्क मोड मात्र राख्ने अडान लिएका छन् । यससँगै साविकको ट्वीटरमा अब ब्लु चेकमार्क निलो कलरमा रहन्छ वा डार्क कलर हुन्छ, अन्योलता नै छ ।

मस्कले रिप्लाई दिएको डज डिजाइनरले ट्वीटमा भने ब्लु चेकमार्कको ठाउँमा डार्क चेकमार्क राख्नुपर्ने उल्लेख गरिएको छ । मस्क ब्लु चेकमार्कको कलर परिवर्तन गर्छन् वा डार्क थिम मात्र लागू गर्छन् हेर्न बाँकी नै छ ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८० १४:३९