close

आईफोन किन्न दम्पतीले बेचे आफ्नै आठ महिने बच्चा !

टेकपाना टेकपाना

साउन १३, २०८० १३:२५

आईफोन किन्न दम्पतीले बेचे आफ्नै आठ महिने बच्चा !

काठमाडौं । मान्छेले आफ्नो इच्छा पूरा गर्न के के गर्न सक्छन् ? हालै छिमेकी देश भारतमा भएको एक घटनाले यसको चरम पराकाष्ठा देखाएको छ । भारतमा एक दम्पतीले आईफोन किन्न आफ्नै आठ महिने छाेरा बेचेको खुलेको छ ।

द इन्डियन एक्सप्रेसका अनुसार भारतको पश्चिम बंगालको नर्थ ट्वान्टीफोर परगना जिल्लामा यो घटना भएको हो । त्यहाँका एक निम्न आयस्रोत भएका दम्पतीले आईफोन १४ किनेर यात्रा गर्न र त्यसको इन्स्टाग्राम रिल्सहरू बनाउन त्यसो गरेको बताइएको छ ।

धेरै दिनसम्म बच्चा नदेखिएकाे र दम्पतीले त्यसबारे चिन्ता नलिएकाे पाइएपछि  शङ्का लागेर छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए । उक्त घटनामा संलग्न बच्चाको आमा र बच्चा किन्ने प्रियंका घोष पक्राउ परिसकेका छन् भने बच्चाकाे उद्धार गरिएको छ ।

प्रहरीका अनुसार शिशुका बाबु अहिले फरार छन् ।

पक्राउ परेकी शिशुकी आमाले बच्चा बेचेर कमाएको पैसा दिघा, मन्दरमोनी जस्ता ठाउँ घुम्न खर्च गरेको स्वीकार गरेकी छन् । अनुसन्धानको क्रममा बुबा घोषले अर्की सात वर्षीय बच्चालाई पनि बेच्न खोजेको, तर योजना पूरा नभएको खुलेको छ ।

पछिल्लो अध्यावधिक: साउन १३, २०८० १४:४८