close

बाढी पहिरोबाट जोगाउन २ महिनामा एनसेलले प्रयोगकर्तालाई निःशुल्क पठायो ४४ लाख एसएमएस

टेकपाना टेकपाना

साउन १९, २०८० १४:२४

बाढी पहिरोबाट जोगाउन २ महिनामा एनसेलले प्रयोगकर्तालाई निःशुल्क पठायो ४४ लाख एसएमएस

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले बाढी पहिरोको सम्भावित जोखिमबाट जोगाउन यस वर्षको मनसुन सुरु भएयताको दुई महिनाको अवधिमा ४४ लाख भन्दा बढी एसएमएस आफ्ना प्रयोगकर्तालाई पठाएको छ । कम्पनीले एक पोस्ट गर्दै यसको जानकारी दिएको हो ।

एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ सालदेखि बाढी पहिरो सम्बन्धी जोखिमको पूर्व सूचना प्रवाह गर्दै जनधनको क्षति न्यूनीकरणमा योगदान पुर्‍याउँदै आएको छ । जसअनुसार एनसेलले बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरूमा बसोबास गर्ने आफ्नो नेटवर्क भित्रका सर्वसाधारणलाई बाढी पहिरोको सम्भावित जोखिमबारेको पूर्व सूचना मोबाइल एसएमएसमार्फत दिंदै आएको छ ।

एसएमएसबाट बाढी पहिरोको सम्भावित जोखिमबारे एसएमएसबाट पूर्व सूचना प्रवाह गर्ने कार्य जारी रहेको कम्पनीले जनाएको छ। एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी निःशुल्क रूपमा एसएमएस पठाउँदै आएको छ । 

पछिल्लो अध्यावधिक: साउन १९, २०८० १४:२४