close

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङ तर्फको भर्ना खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

टेकपाना टेकपाना

साउन २३, २०८० १२:५४

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङ तर्फको भर्ना खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

 

काठमाडौं । पोखरा विश्वविद्यालयले शैक्षिक सत्र २०८० का लागि स्नातक तहमा इन्जिनियरिङ विषयका लागि भर्ना खुलाएको छ । एक सूचना प्रकाशित गर्दै विज्ञान तथा प्रविधि सङ्काय, स्कुल अफ इन्जिनियरिङले यसको जानकारी दिएको हो ।

विश्वविद्यालयले कम्प्युटर, सफ्टवेयर, सिभिल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, सिभिल एन्ड रुरल इन्जिनियरिङमा भर्ना खुलाको हो । यी विषयमा भर्ना हुन इच्छुक विद्यार्थीले १ देखि १६ भदौसम्म अनलाइन आवेदन दिन सक्नेछन् । 

प्रवेश परीक्षा भने भदौ ३० गते स्कुल अफ इन्जिनियरिङ, पोखरा र काठमाडौंमा हुने बताइएको छ । यी विषयमा भर्ना आवेदन दिन विद्यार्थीले १६०० रुपैयाँ शुल्क बुझाउनु पर्ने हुन्छ ।  

यद्यपि यी विषयमा भर्ना हुन माध्यमिक तहमा विज्ञान विषय लिएर न्यूनतम सी ग्रेड भने ल्याएको हुनु पर्नेछ । अथवा समकक्षता तहहरूमा ४५ प्रतिशत वा सेकेन्ड डिभिजनमा उत्तीर्ण भएको चाहिन्छ । 

चार वर्षे यी कोर्षहरूको शुल्क (सिभिल, सिभल एन्ड रुरल) ६ लाख २३ हजार र (कम्प्युटर, सफ्टवेयर र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स) मा पाँच लाख ८७ हजार रुपैयाँ तोकिएको छ । यी विषयमा भर्ना हुनका लागि यहाँ क्लिक गरेर अनलाइन आवेदन दिन सकिनेछ । 

 

हेर्नुहोस् सूचना

पछिल्लो अध्यावधिक: साउन २३, २०८० १२:५४