close

च्याटजीपीटी चलाउन एक दिनमै हुन्छ ९ करोड बढी खर्च, अर्को वर्षसम्म ओपनएआई कङ्गाल हुनसक्ने

टेकपाना टेकपाना

साउन २७, २०८० २३:५

च्याटजीपीटी चलाउन एक दिनमै हुन्छ ९ करोड बढी खर्च, अर्को वर्षसम्म ओपनएआई कङ्गाल हुनसक्ने

काठमाडौं । च्याटजीपीटीका लागि लागत बढिरहँदा सन् २०२४ को अन्त्यसम्म ओपनएआई कङ्गाल हुनसक्ने एक रिपोर्टले चेतावनी दिएको छ । एनालिटिक्स इन्डिया म्यागेजिनको पछिल्लो रिपोर्ट अनुसार कम्पनीले एआई च्याटबट च्याटजीपीटी चलाउन प्रत्येक दिन लगभग सात लाख डलर (नाै कराेड रूपैयाँ बढी) खर्च गरिरहेकाले यस्ताे खतरा निम्तिनसक्ने निष्कर्ष निकालेकाे हाे ।

ओपनएआईले आफ्नो एआई प्रविधिबाट पैसा कमाउने प्रयास गरिरहे पनि सफल हुन सकेको छैन । बरु उल्टै च्याटजीपीटीका सक्रिय प्रयोगकर्ता घटिरहेका छन् । जुलाई २०२३ मा प्रयोगकर्ताहरूको संख्या जूनको तुलनामा १२ प्रतिशतले घट्नुले पनि यसमा पहिले जस्तो आकर्षण नरहेको बुझ्न सकिन्छ ।

अर्कोतर्फ ओपनएआईले अन्य कम्पनीहरूलाई एआई च्याटबटहरू बनाउन आफ्नो प्रविधि प्रयोग गर्न अनुमति दिन्छ । यसले गर्दा पनि मानिसहरू च्याटजीपीटीको सट्टा अन्य कम्पनीहरूकै एआई च्याटबट प्रयोग गरिरहेका छन् ।

ओपनएआईका सहसंस्थापक एवं सीईओ साम अल्टम्यानलाई पनि कम्पनी र च्याटजीपीटी चलाउन महँगो हुने कुरा थाहा छ । यसका लागि उनले आफ्नो प्रविधि बेचेर पैसा कमाउने प्रयास गरे, र माइक्रोसफ्टले ओपनएआईमा लगानी गर्‍याे । तर अझै पनि ओपनएआईले आफ्नो लागत पूर्ति गर्न पर्याप्त पैसा कमाएको छैन ।

अर्कोतर्फ विश्वकै धनाढ्य एलन मस्क पनि ओपनएआईसँग प्रतिस्पर्धा गर्न आफ्नै एआई प्रोजेक्टमा काम गरिरहेका छन् । उनी च्याटजीपीटीभन्दा राम्रो 'ट्रुथजीपीटी' भन्ने च्याटबट बनाउन चाहन्छन् । यसका लागि उनले आफ्नो प्रोजेक्टमा मद्दत गर्न कम्प्युटर र मानिसहरूमा धेरै पैसा खर्च गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: साउन २७, २०८० २३:११