close

कक्षा १२ को परीक्षाफल प्रकाशित, यस्तो छ हेर्ने तरिका

टेकपाना टेकपाना

साउन ३०, २०८० १८:१४

कक्षा १२ को परीक्षाफल प्रकाशित, यस्तो छ हेर्ने तरिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । 

एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट चार लाख ४८ हजार ८३७ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

कूल परीक्षार्थीमध्ये ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ४९.०९ प्रतिशत भने ननग्रेडेड भएका छन् । ५१ जनाकाे परीक्षा रद्द गरिएकाे बाेर्डले जनाएकाे छ ।

नतिजा हेर्ने तरिका

वेबसाइट 

विगतमा झैँ यस वर्षको कक्षा १२ को नतिजा पनि नेपाल टेलिकम र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटबाट हेर्ने व्यवस्था रहेको छ ।

-टेलिकमकाे वेबसाइटमा नतिजा हेर्न यहाँ र परीक्षा बोर्डको वेबसाइटबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

त्यसपछि त्यहाँ माथिको बक्समा सिम्बाेल नम्बर र तलको बक्समा जन्ममिति राख्नपर्ने हुन्छ । (जन्ममिति राख्दा वर्ष/महिना/दिन (जस्तै २०६०/०१/१४) ।

त्यसपछि तल रहेको सब्मिट बटनमा ट्याप गर्‍यो भने आफ्नो नतिजा हेर्न सकिन्छ ।

एसएमएस 

नतिजा सार्वजनिक भएपछि एसएमएसमार्फत पनि हेर्न सकिन्छ । नतिजा सार्वजनिक भएको केही समयपछि मात्र वेबसाइटबाट हेर्न सकिने भएकाले नतिजा सार्वजनिक भए लगत्तै एसएमएसबाट हेर्न सकिन्छ ।

-सबैभन्दा पहिले मोबाइलको मेसेज बक्समा जानुहोस् । 

-त्यसपछि पठाउनुपर्ने नम्बरमा 1600 राख्नुहोस् ।

-त्यसपछि एमएमएस बक्समा NEB टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बाेल नम्बर टाइप गरेर सेन्ड गर्नुहोस् । 

-त्यस लगत्तै तपाईंले कुन विषयमा कुन ग्रेड ल्याउनुभयो भन्ने नतिजा देख्न सक्नुहुनेछ ।

यूएसएडी

*1600# डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ ।

आईभीआर 

-सबैभन्दा पहिले आफ्नो फोनमा 1601 डायल गरेर कल गर्नुहोस् । 

-त्यसपछि त्यहाँ भने बमोजिम आफ्नो सिम्बोल नम्बर थिच्नुहोस् । 

-त्यसपछि तपाईंले आफूले प्राप्त गरेको जीपीए तथा ग्रेड थाहा पाउन सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: साउन ३०, २०८० १९:७