close

धनगढी उपमहानगरले एपसँगै सार्वजनिक गर्‍यो गुनासो टिपाउने क्यूआर कोड

टेकपाना टेकपाना

भदौ ३, २०८० १४:२०

धनगढी उपमहानगरले एपसँगै सार्वजनिक गर्‍यो गुनासो टिपाउने क्यूआर कोड

 

काठमाडौं । धनगढी उपमहानगरपालिकाले अनलाइनबाट सहजै गुनासो टिपाउन सकिने व्यवस्था गरेको छ । मेयर गोपाल हमालले मोबाइल एप, क्यूआर कोड र वेबसाइटबाट गुनासो टिपाउन सकिने सुविधा ल्याइएको जानकारी दिएका हुन् ।

मेयर हमालका अनुसार यसबाट धनगढी उपमहानगरपालिकाबाट भएका काम कारबाहीका विषयमा तथा उपमहानगरपालिकाबाट प्रदान गरिने सेवा सुविधाका विषयमा गुनासो टिपाउन सकिनेछ ।

"अब यस्ता गुनासाहरू सजिलैसँग अनलाइनमार्फत पनि दर्ता गराउन सकिन्छ," मेयर हमालले भनेका छन् । त्यसका लागि नमस्ते मेयर एप ई-फाराममार्फत गुनासो र गुनासोकर्ताबारे केही विवरण भरी पठाउनु पर्ने हुन्छ ।

ईफारमका लागि धनगढी उपमहानगरपालिकाको वेबसाइट अथवा क्यूआर कोड स्क्यान गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: भदौ ३, २०८० १४:२०