close

कोडिङ गर्न तथा प्रोग्रामिङ लेख्न यसरी प्रयोग गर्न सकिन्छ च्याटजीपीटी

टेकपाना टेकपाना

भदौ १०, २०८० १४:५६

कोडिङ गर्न तथा प्रोग्रामिङ लेख्न यसरी प्रयोग गर्न सकिन्छ च्याटजीपीटी

 

काठमाडौं । ओपनएआईले च्याटजीपीटीमा नयाँ सुविधा थप गरेको छ । कम्पनीले जीपीटी ३.५ टर्बो मोडेलमा आधारित कोड इन्टरप्रेटर फिचर ल्याएकाे हाे । यो फिचरले च्याटजीपीटीलाई भिडिओ एडिटिङ, डेटा विश्लेषण र थप कार्यका लागि कोडिङ गर्न सहयोग गर्छ ।

यदि तपाईँलाई कोड गर्ने तरिका थाहा छैन भने, याे फिचर उपयाेगी हुनसक्छ । कोड इन्टरप्रेटरले च्याटजीपीटीलाई पाइथन कोड प्रयोग गर्न दिन्छ । यसले पीडीएफ, अडियो र भिडिओ जस्ता फाइलहरूमा काम गर्न सक्छ ।

कोड इन्टरप्रेटर मार्फत च्याटजीपीटीले कागजातहरू विश्लेषण गर्ने, अडियो तथा भिडिओ सम्पादन गर्ने, ग्राफहरू बनाउने, फाइलहरू रूपान्तरण गर्ने, तस्वीरहरूमा काम गर्ने लगायतका काम गर्न सक्छ । तपाईं यसलाई सिधै कोड लेख्न र सम्पादन गर्ने कार्यमा प्रयोग गर्न सक्नुहुन्छ ।

कोड इन्टरप्रेटर प्रयोग गर्न तपाईंले च्याटजीपीटी प्लस सब्सक्राइब गरेको भने हुनपर्छ । किनकी यो फिचर जीपीटी फोर ल्याङ्ग्वेज मोडमा भर पर्छ । यसलाई प्रयोग गर्न मासिक २० डलर (करिब २६०० रुपैयाँ) तिर्नुपर्ने हुन्छ ।

यति रकम तिरेपछि च्याटजीपीटी प्लगइनमा समेत पहुँच पाउन सकिन्छ । यदि पहिल्यै च्याटजीपीटी प्लस सब्सक्राइब गर्नु भएको छ भने निम्न प्रक्रियाबाट यसमा पहुँच पाउन सक्नुहुन्छ ।

 

  • सुरुमा च्याटजीपीटीमा लग इन गर्नुहोस् । 

  • दायाँ भागमा रहेको तीन ओटा डटमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि सेटिङमा क्लिक गर्नुहोस् । 

  • यति गरिसकेपछि एउटा डायल बक्स देखा पर्छ । त्यसमा 'बेटा फिचर' ट्याबमा क्लिक गर्नुहोस् । 

  • अब कोड इन्टरप्रेटर इनेबल गर्नुहोस् ।

  • अनि डायललगबाट बाहिर आउनुहोस् र त्यहाँ तपाईंले माथि स्यान्डर्ड, प्लगइन र कोड इन्टरप्रेटर देख्न सक्नुहुन्छ । 

 

अब नयाँ च्याटमा तपाईंले कोड इन्टरप्रेटर फिचर चयन गर्नु पर्ने हुन्छ । यसो गरेपछि पाइथन कोड लेख्न र रन गर्न कम्प्युटिङ स्रोत सहित एक स्यान्डबक्स भर्चुअल मेसिन  आउँछ । त्यहाँ तपाईंले एक सय एमबी भन्दा कम आकारका फाइलहरू अपलोड गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: भदौ १०, २०८० १५:१२