close

भोलि शुक्रबारदेखि ऊर्जा, विद्युत् तथा विद्युतीय सामग्रीबारे तीन दिने प्रदर्शनी हुँदै

टेकपाना टेकपाना

भदौ १४, २०८० १०:९

भोलि शुक्रबारदेखि ऊर्जा, विद्युत् तथा विद्युतीय सामग्रीबारे तीन दिने प्रदर्शनी हुँदै

काठमाडौं । नेपालमा ऊर्जा, विद्युत् तथा विद्युतीय सामग्रीबारे तीन दिने प्रदर्शनी आयोजना हुने भएको छ । यही भदौ १५ देखि १७ गतेसम्म भृकुटीमण्डपमा हुने उक्त प्रदर्शनी मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेट्स, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेज इन्डिया तथा इलेक्ट्रिक भेहिकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टर्स एस्सोसिएसन अफ नेपालको संयुक्त आयोजनामा हुने भएको हो । 

आफ्नै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढाइ देशलाई आर्थिक रूपमा सबलीकरण गर्ने, ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ । त्यस्तै विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न, गुणस्तरीय विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास गर्न, यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण तथा प्रवर्द्धन गर्न समेत प्रदर्शनी गर्न लागिएको आयोजकको भनाई छ ।

तीन दिने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरूका स्टल रहने छन् । प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेसन, ब्याट्री लगायतका इलेक्ट्रोनिक्स तथा घरेलु विद्युतीय उपकरणहरू बनाउने कम्पनीहरूको सहभागिता रहने बताइएको  छ ।

पछिल्लो अध्यावधिक: भदौ १४, २०८० १०:१०