close

क्लासिक टेकले अब ग्राहकलाई जेडटीईको डुअल ब्यान्ड फाइभ गिगाहर्ज राउटर उपलब्ध गराउने

टेकपाना टेकपाना

भदौ १९, २०८० १८:२०

क्लासिक टेकले अब ग्राहकलाई जेडटीईको डुअल ब्यान्ड फाइभ गिगाहर्ज राउटर उपलब्ध गराउने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले ग्राहकहरूलाई जेडटीईको डुअल ब्यान्ड फाइभ गिगाहर्ज राउटर उपलब्ध गराउने भएकाे छ । आफ्नो नेटवर्क पूर्वाधार विस्तारका लागि कम्पनीले चीनमा आधारित बहुराष्ट्रिय कम्पनी जेडटीई कर्पोरेसनसँग साझेदारी घोषणा गरेको छ ।

यसअन्तर्गत आफ्ना ग्राहकहरूलाई उत्कृष्ट इन्टरनेट सर्फिङ अनुभव प्रदान गर्न जेडटीईका अत्याधुनिक डुअल ब्यान्ड फाइभ गिगाहर्ज ओएनयूहरू उपलब्ध गराइने क्लासिक टेकले जनाएकाे छ ।

यो साझेदारी इन्टरनेट सेवाको क्षेत्रमा महत्त्वपूर्ण कोसेढुङ्गा बन्ने उल्लेख गर्दै कम्पनीले विज्ञप्तिमा भनेकाे छ, ''क्लासिक टेक ग्राहकहरूले छिटो इन्टरनेट गति, विश्वसनीयता र उच्च गुणस्तरका उपकरणहरूमा पहुँचको अपेक्षा गर्न सक्नेछन ।''

पछिल्लो अध्यावधिक: भदौ १९, २०८० १८:२३