काठमाडौं । शुक्रबार हुने नेपाल र म्यानमारबीचको फुटबल लाइभ अनलाइनमा नआउने भएको छ । म्यानमारको याङगुनस्थित हथुउन्ना रगंशालामा नेपाली समयअनुसार दिउँसो ४ः१५ देखि सुरु हुने सो खेलको लाइभ अनलाइनमा नआउने भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले नेपालबाट अनलाइनमा हेर्ने सुविधा नभएको जानकारी दिएको छ ।
शुक्रबार र सोमबार हुने नेपाल म्यानमारबीचको खेलको प्रसारण अधिकार म्यानमारस्थित स्काइनेट च्यानलले लिएको छ । यसअन्तर्गत स्पाेर्ट्स नाइन एचडी च्यानलको पेड सब्सक्रिप्सन लिएका प्रयोगकर्ताले मात्र प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन् ।