close

कोशी अस्पतालले ल्यायो मोबाइल एप, अनलाइनबाटै ओपीडी टिकट लिन मिल्ने

टेकपाना टेकपाना

भदौ २४, २०८० १९:२६

कोशी अस्पतालले ल्यायो मोबाइल एप, अनलाइनबाटै ओपीडी टिकट लिन मिल्ने

काठमाडौं । मिदास टेक्नोलोजीसँगको सहकार्यमा कोशी अस्पतालले आफ्नो नयाँ एप सञ्चालनमा ल्याएको छ । बिरामीहरूले सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ सुविधा प्रयोग गर्न सकिने गरी एप सुरु गरिएको हो । 

बिरामीहरूले यो एपबाट ओपीडी टिकटहरू बुकिङ तथा खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्टहरू समेत प्राप्त गर्नसक्ने छन् । यसै गरी नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बीमा कार्यक्रमका लाभग्राहीले समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न सक्ने र आफ्नो बीमा जानकारी राखेर प्रमाणीकरण गर्न  पनि एप उपयोग गर्न  सक्नेछन् ।

यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाम लाग्नु पर्ने झन्झट कम गर्नेछ ।  यसले अस्पतालको सेवालाई  समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

दशकौं लामो समयदेखि बिरामीहरूलाई निरन्तर सेवा प्रदान गर्दै आएको कोशी अस्पतालले मोबाइल एप समेत ल्याएर आफ्नो सेवालाई थप उन्नत बनाएको छ ।

एन्ड्रोइडमा यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: भदौ २४, २०८० १९:२६