close

२ लाख रुपैयाँ अनुदान सहित केयूले गर्‍यो ६ विषयमा अनुसन्धानका लागि आह्वान

टेकपाना टेकपाना

भदौ २५, २०८० १३:३३

२ लाख रुपैयाँ अनुदान सहित केयूले गर्‍यो ६ विषयमा अनुसन्धानका लागि आह्वान

काठमाडौं । काठमाडाैं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले स्नातक, एमफिल, पीएचडी तथा स्वतन्त्र अनुसन्धानकर्तालाई विभिन्न ६ विषयमा अनुसन्धानको लागि प्रस्ताव आह्वान गरेको छ ।

कुसोमले आइतबार एक कार्यक्रम आयोजना गर्दै डब्लूटीओ चियर्स प्रोग्राम अन्तर्गत यही सेप्टेम्बर १५ सम्मको समयसीमा तोकी अनुसन्धानको प्रस्ताव आह्वान गरेको हो ।

प्रत्येक अनुसन्धानका लागि दुई लाख अनुदान प्रदान गर्ने र अनुसन्धानको प्रकृति अनुसार थप गर्न सकिने कुसोमका रजिस्ट्रार प्राध्यापक डा. अच्युत वाग्लेले जानकारी दिए । ​कुसोमले गत वर्षसमेत चार ओटा अनुसन्धानका लागि अनुदान दिएको थियो ।

कार्यक्रममा गत वर्ष अनुदान पाएका अनुसन्धानकर्ताले आफ्नो अनुसन्धानको प्रस्तुत गरेका थिए ।​ कुसोम विश्वभरका अन्य १७ विश्वविद्यालयहरूसँगै प्रतिस्पर्धात्मक प्रक्रियामा डब्लूटीओ चेयर्स कार्यक्रमबाट सम्मानित भएको उक्त कार्यक्रममा जानकारी दिइयो ।

यस्तै कुसोमले ‘एआईबी साउथ एसिया कन्फ्रेन्स २०२४’ आयोजना गर्ने भएको छ । दक्षिण एशियाली देशहरू बंगालदेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकाको सहभागिता रहने उक्त कार्यक्रम आगामी वर्ष हुने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८० १३:४३