close

टेलिकमको चाडपर्व अफरः रु. ७८९ मा ३० जीबी डेटा, ६०० मिनेट भ्वाइस र २०० ओटा एसएमएस सुविधा

टेकपाना टेकपाना

भदौ ३०, २०८० २०:११

टेलिकमको चाडपर्व अफरः रु. ७८९ मा ३० जीबी डेटा, ६०० मिनेट भ्वाइस र २०० ओटा एसएमएस सुविधा

काठमाडौं । नेपाल टेलिकमले हिन्दु महिलाहरूको चाड तीज र संविधान दिवसको अवसर पारेर चाडपर्व अफर सार्वजनिक गरेको छ । यस अन्तर्गत कम्पनीले सहुलियत दरका डेटा र भ्वाइससहितको प्याक उपलब्ध गराउने घोषणा गरेको छ ।

यो अफर भोलि अर्थात् आइतबारदेखि आगामी असोज ६ गतेसम्म सञ्चालन हुनेछ । अफर अन्तर्गत रु. ४९ मा एक दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डेटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ ।

त्यसैगरी रु. ९८ मा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक उपलब्ध हुनेछ भने रु. १९९ मा सात दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डेटा प्याक, रु. २९४ मा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा प्याक र रु. ३९९ मा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डेटा प्याक उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

भाद्र ३१ देखि असोज ६ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: भदौ ३०, २०८० २२:६