close

जीडब्लूएम ओरा ०३ ईभीको टेस्ट ड्राइभसँगै एक्सचेन्ज मेला हुँदै, सहभागीलाई उपहार पनि

टेकपाना टेकपाना

असोज १४, २०८० १२:१४

जीडब्लूएम ओरा ०३ ईभीको टेस्ट ड्राइभसँगै एक्सचेन्ज मेला हुँदै, सहभागीलाई उपहार पनि

 

काठमाडौं । जीडब्लूएमले टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टा आयोजना गर्ने भएको छ । कम्पनीले आफ्ना विद्युतीय गाडीको टेस्ट ड्राइभ र नयाँ ईभीसँग पुराना इन्जिन गाडी साट्न सकिने योजना ल्याएको हो ।

उक्त टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प यही १२ असोजदेखि १८ असोजसम्म जीडब्लूएमको काठमाडौं शोरुम थापाथली र भक्तपुर शोरुममा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म आयोजना हुनेछ । जहाँ ग्राहकले टेस्ट ड्राइभको अनुभव गर्न र एक्सचेन्जकोे विशेष अवसर प्राप्त गर्ने बताइएको छ ।

यो क्याम्पमा सहभागी हुने ग्राहकले दैनिक बोटको स्मार्ट वाच र एक जना भाग्यशाली विजेताले एमआई टिभी जित्ने अवसर पाउने छन् । साथै, एक्सचेन्ज बोनस, हरेक टेस्ट ड्राइभमा विशेष उपहार, निःशुल्क सामान, आकर्षक नगद छुट, सजिलो वित्तीय सुविधा र  ओरा ०३ लिंदा ७ किलोवाट क्षमताको फास्ट चार्जर उपहारमा पाउने छन् । 

जीडब्लूएमले हालै मात्र नेपालमा आफ्नो विद्युतीय गाडी ओरा ०३ ईभी ल्याएको छ । ग्रेट वाल मोटर (जीडब्लूएम) चिनियाँ ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो । विश्वबजारमा यसका ८० सब्सिडरी र अफिलिएट रहेका छन् । 

७०,००० भन्दा धेरै कर्मचारी सङ्ख्या रहेको यो कम्पनीले विगत ६ वर्षदेखि प्रत्येक वर्ष १० लाखभन्दा धेरै गाडी बिक्री गरिरहेको छ । चीनबाहेक जीडब्लूएमले आफ्ना गाडीहरू ६० भन्दा धेरै देशमा बिक्री गरिरहेको छ । 

भीजी इम्पेक्स प्रालि नेपालमा जीडब्लूएम गाडीको आधिकारिक वितरकको रूपमा रहेको छ । जसले उक्त ब्रान्डका एसयूभी हाभल एच ६, हाभल जोलायन, पिक–अप पावर र ओरा ०३ ईभी जस्ता साधन बिक्री गरिरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज १४, २०८० १२:१४