close

पेट्रोलबाट चल्ने स्कुटर इकोविटका बिजुली स्कुटरसँग साट्न मिल्ने, छुटसँगै उपहार पनि

टेकपाना टेकपाना

असोज १५, २०८० ११:१७

पेट्रोलबाट चल्ने स्कुटर इकोविटका बिजुली स्कुटरसँग साट्न मिल्ने, छुटसँगै उपहार पनि

काठमाडौं । पेट्रोलबाट चल्ने पुराना स्कुटर इटालियन ब्राण्ड इकोविटका विद्युतीय स्कुटरसँग साट्न सकिने भएको छ । इकोविटको स्थानीय बिक्रेता ग्लोबल सेभेन प्रालि यस्तो अफर ल्याएको हो । 

जस अन्तर्गत ग्राहकले आफूसँग भएको कुनै पनि पुरानो पेट्रोलियम स्कुटर तथा बाइकसँग नयाँ इकोविट विद्युतीय स्कुटर साटेर लैजान सक्ने छन् । त्यस क्रममा पुरानो स्कुटरको उचित मूल्य दिइने कम्पनीले जनाएको छ । 

त्यस्तै कम्पनीले दशैं, तिहार र छठ पर्वको उपलक्ष्यमा ल्याइएको इकोविट फेस्टिवल भाइब्स स्किम नामक अफर समेत ल्याएको छ ।  जुन १५ असोजदेखि ९ मंसिरसम्मका लागि लागु हुनेछ । 

जस अन्तर्गत इकोविट ब्राण्डका हरेक मोडेल नगदमा खरिद गर्दा १५ हजार रुपैयाँसम्मको छुट पाउन सकिने बताइएको छ । जसमा गोलाप्रथा मार्फत तत्काल छुट पाउन सकिने गरी सात हजारदेखि १५ हजार रुपैयाँसम्म छुटको व्यवस्था मिलाइएको छ । 

साथै एक वर्षको कर समेत कम्पनीले नै तिरिदिने उल्लेख छ ।  यसका साथै हरेक स्कुटरको साथमा एउटा हेल्मेट समेत निःशुल्क पाउन सकिनेछ । 

यसका साथै कम्पनीले फाइनान्सको सुविधा समेत दिइरहेको छ । तर फाइनान्स र एक्स्चेन्जमा भने उक्त स्किम लागु नहुने बताइएको छ । 

ग्राहकले कुनै पनि इकोविटका स्कुटर खरिद गर्दा न्यूनतम ३० प्रतिशत डाउन पेमेन्टमा ७० प्रतिशतसम्मको फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन् । अधिकतम १८ महिनासम्मको सरल किस्ताबन्दीमा ब्याज लागु नहुने बताइएको छ ।

करिब १० महिना अघि नेपाल भित्रिएका इकोविट ब्रान्डका स्कुटर आकर्षक र मजबुत रहेको दाबी गरिएको छ । सामान्यतया विद्युतीय स्कुटर भन्ने बित्तिकै कमजोर छ कि भन्ने आम बुझाई रहेको छ । 

तर कम्पनीले आफ्ना स्कुटरको गुणस्तरले त्यस किसिमको बुझाई नै परिवर्तन गरिदिने विश्वास समेत व्यक्त गरेको छ । 


 

पछिल्लो अध्यावधिक: असोज १५, २०८० १२:१८