काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी भिभोले आफ्नो फ्ल्यागशिप स्मार्टफोन भी सिरिज अन्तर्गतको भी २९ फाइभजी नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बिहीवार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।
आधुनिक डिजाइन र अत्याधुनिक क्यामेरायुक्त भी २९ फाइभजीको १२० हर्ज थ्रीडी कर्भ्ड स्क्रिनलाई मुख्य विशेषताको रूपमा दर्शाइएको छ । स्लिम स्मार्टफोन रुचाउने प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको यो फोनमा औरा लाइट पोट्रेट र ५० मेगापिक्सेलको अटोफोकस ग्रुप सेल्फी जस्ता फिचर समावेश छन्।
नयाँ स्मार्टफोनसँगै भिभोले नजिकिंदै गरेको चाडपर्वलाई अझ विशेष बनाउन ५ अक्टोबरदेखि २१ नोभेम्बरसम्मका लागि आकर्षक दशैं अफर समेत ल्याएको छ ।
जसअन्तर्गत ग्राहकलाई आकर्षक पुरस्कारहरू प्रदान गर्न “आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार” अफर ल्याइएको छ । उक्त अफर अन्तर्गत एक जना भाग्यशाली विजेताले नयाँ भिभो भी २९ फाइभजी जित्न सक्नेछन् भने ग्राण्ड पुरस्कार अन्तर्गत एक जना विजेताले रोयल इनफिल्ड बाइक जित्नेछन् ।
यसका साथै भिभोले तीन जना भाग्यशाली विजेताका लागि बाई–वन–गेट–वन अफर पनि ल्याएको छ । जसअनुसार ६०० देखि १००० ग्राहकले ब्लुटुथ स्पिकर, ३,००० देखि ५,००० ग्राहकले भिभोको स्टाइलिस ब्याग, ५०००– ८००० ग्राहकले भिभोको बोतल तथा १०,००० – १५,००० ग्राहकले रिचार्ज कार्ड प्राप्त गर्न सक्नेछन् ।
यो अफरमा सहभागी हुन ग्राहकले हरेक भिभो फोनको खरिदमा भिभो दशैं डटकममा रजिस्टर गर्नुपर्ने बताइएको छ । भिभो भी २९ फाइभजीलाई कम्पनीले डिजाइन, क्यामेरा र कार्यसम्पादनको उत्कृष्ट संयोजन भएको एक प्रभावशाली स्मार्टफोनको रूपमा चित्रित गरेको छ ।
यो स्मार्टफोन दुई आकर्षक रङ्ग पिक ब्लु र नोबेल ब्ल्याकमा उपलब्ध रहेको छ । पिक ब्लु भेरियन्टमा थ्रीडी म्याग्नेटिक पार्टिकल र नोबेल ब्ल्याक भेरियन्टमा फ्लोराइट एजिग्लास जस्ता नयाँ प्रविधि प्रयोग गरिएका छन् ।
जसले स्मार्टफोनको स्लिक एस्थेटिक डिजाइनलाई थप आकर्षक तुल्याएको छ । स्मार्टफोनको १२० हर्ज थ्रीडी कर्भ्ड स्क्रिनले अल्ट्रा–स्लिम आकर्षक डिजाइनसँगै इमर्सिभ तथा उत्कृष्ट दृश्यात्मक अनुभव प्रदान गर्दछ ।
यसमा ५० एमपी एचडी अटोफोकस क्यामेरा छ । जसले क्रिस्प र जीवन्त शट तथा भिडिओ खिच्न मद्दत गर्छ । फोनमा ५० एमपीको ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, आठ एमपीको अल्ट्रा वाइड क्यामेरा र दुई एमपीको मोनोक्रोम क्यामेरा दिइएको छ ।
जसबाट सूक्ष्म तथा डेप्थ तस्विर खिच्न सकिन्छ । स्मार्ट औरा लाइट पोट्र्रेट फिचरले गर्दा कम प्रकाशमा पनि उत्कृष्ट फोटो खिच्न सकिन्छ । भिभो भी २९ फाइभजीमा क्वालकम स्न्यापड्रागन ७७८ जी प्रोसेसर रहेको छ । जसले सिमलेस पर्फमेन्स प्रदान गर्ने बताइएको छ ।
यसमा ८० वाट फ्ल्यासचार्ज रहेको छ भने ४६०० एमएएच ब्याट्री छ । यसमा भएको सुपर चार्ज पम्प प्रविधिले डाउनटाइम घटाउँदै चार्जिङ दक्षता बढाउँछ । भी २९ फाइभजीमा अत्याधुनिक हार्डवेयरको संयोजन समेत गरिएको छ ।
जसले एक प्रभावकारी स्मार्टफोन अनुभव प्रदान गर्नेछ । १२ जीबी र्याम र २५६ जीबी इन्टरनल स्टोरेज भएको यो स्मार्टफोन देशभर ५९ हजार ९९९ रुपैयाँमा उपलब्ध भएको छ ।