close

लेखा समितिले भन्योः टेरामोक्स तत्काल कार्यान्वयन नगर्नू

टेकपाना टेकपाना

असोज २५, २०८० १४:५९

लेखा समितिले भन्योः टेरामोक्स तत्काल कार्यान्वयन नगर्नू

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोक्स) तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले टेरामोक्स कार्यान्वयन नगर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

''समितिको आजको बैठकले टेरामोक्सलाई यथास्थितिमा राख्न निर्देशन दिएको छ । अब भोलि (शुक्रबार) बस्ने बैठकले यसबारे थप निर्णय गर्नेछ,'' संघीय संसद सचिवालय एवं लेखा समितिका प्रवक्ता एकराम अधिकारीले टेकपानासँग भने ।

टेरामोक्सले नागरिकको फोन ट्यापिङ गर्ने भन्दै यसको कार्यान्वयन नगर्न विभिन्न समूहले दबाब दिइरहेका छन् । तर नियामक दूरसञ्चार प्राधिकरणले  टेरामोक्सले व्यक्तिको फोन ट्यापिङ गर्ने नभई सेवा प्रदायकको आम्दानी यकिन गर्न तथा राजस्व छली र भीओआईपी जस्ता गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न अगाडि बढाइएको बताउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २५, २०८० १४:५९