close

दराजमा आयो महावीर पुनको जीवन कथामा आधारित पुस्तक, निःशुल्क डेलिभरी सुविधा

टेकपाना टेकपाना

असोज ३०, २०८० १४:१४

दराजमा आयो महावीर पुनको जीवन कथामा आधारित पुस्तक, निःशुल्क डेलिभरी सुविधा

 

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवन कथामा आधारित पुस्तक​ दराजमा उपलब्ध भएको छ । सामाजिक सञ्जालमा एक पाेस्ट गर्दै पुनले आफ्नो पुस्तक 'महावीर पुनः सम्झना, सपना र अविरल यात्रा' मङ्गलवारदेखि दराजमा उपलब्ध भएको जानकारी दिए ।

यसअघि सोमवारबाटै बिक्री सुरू गर्ने तयारी भएपनि छापाखानाको प्राविधिक समस्याले एक दिन ढिलाइ भएकाे पुनले उल्लेख गरे । सामाजिक सञ्जाल पाेस्टमा पुनले लेखेका छन्, “किताब किनेर पढ्नुहोस् र ३० वर्ष बन्द भएको वीरगञ्ज कृषि औजार कारखानालाई सञ्चालन गर्न मद्दत गर्नुहोस् ।”

उनले अगाडि लेखेका छन्, “९ महिना लगाएर कारखाना करिब मर्मत भइसक्यो र तिहारपछि सञ्चालन गरिनेछ ।”

उनका अनुसार दराजबाट अर्डर गर्दा पुस्तक निःशुल्क डेलिभरी हुनेछ । दराजबाट पुस्तक खरिद गर्न यहाँ क्लिक गर्नुहोस् । निःशुल्क डेलिभरी कहिलेसम्म लागू हुन्छ भन्नेबारे पुनले केही उल्लेख गरेका छैनन् । 

काठमाडौें उपत्यकामा रहेका र दराजबाट अर्डर गर्न नसक्नेले ९८०१४६२९२४ मा नाम, ठेगाना, सम्पर्क नम्बर र पुस्तकको सङ्ख्या उल्लेख गरी एसएमएस पठाउन सक्नेछन् ।

त्यसपछि पुस्तक भनेकै ठाउँमा उपलब्ध गराइदिने पुनले बताएका छन् । त्यस्तै राष्ट्रिय आविष्कार केन्द्रको कार्यालय कीर्तिपुरमा गएर पनि पुस्तक खरिद गर्न सकिनेछ । विदेशमा पुस्तक लगेर बिक्री गर्न चाहनेले ९८४१५९२३६१ मा पुनलाई फोन सम्पर्क गर्नुपर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज ३०, २०८० १४:१४