close

अब ईमेलबाटै ह्वाट्सएप अकाउन्ट भेरिफाई गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १९, २०८० ९:३९

अब ईमेलबाटै ह्वाट्सएप अकाउन्ट भेरिफाई गर्न सकिने

काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपमा अब चाँडै नै प्रयोगर्कताले ईमेल भेरिफिकेसन सुविधा पाउने भएका छन् । एपलाई थप सुरक्षित बनाउने उद्धेश्यसहित कम्पनीले यस्तो सुविधा दिन लागेको हो ।

कम्पनीले अगस्टदेखि एन्ड्रोइडका लागि बेटा संस्करणमा ईमेल-आधारित युजर भेरिफिकेसन सिस्टमको परीक्षण गरिरहेको छ । यो सुविधा अब थप प्रयोगकर्ता (टेस्टर) मा विस्तार गरेको कम्पनीले जनाएको छ ।

ईमेल भेरिफिकेसन सेवा ह्वाट्सएपको सेटिङमा फेला पार्न सकिन्छ । यसले प्रयोगकर्ताहरूलाई आफ्नो ईमेल एड्रेस लिङ्क गरेर अकाउन्ट सुरक्षित गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।

हाल ह्वाट्सएप पहिचान एवं भेरिफाईका लागि फोन नम्बर अनिवार्य गरिएको छ । अब ईमेल विकल्पले सुरक्षाको अतिरिक्त तह प्रदान गर्ने विश्वास गरिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८० ९:३९