काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । यूएसएसडी कोड डायल गरी कम्पनीको प्याक खरिद गर्ने सेवा प्रभावित भएको हो ।
ग्राहकले *१४१५# डायल गरी प्याक लिने क्रममा सिस्टम मर्मत सम्भारका क्रममा रहेको सूचना देखिन्छ । शुक्रवार बिहानदेखि टेलिकमको नेटवर्कमा यस्तो समस्या देखिएको बताइएको छ ।
यसबाट कम्पनीको बिलिङ सिस्टम प्राविधिक समस्या रहेको अनुमान गरिएको छ । यसबारे टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईसँग बुझ्दा यो समस्या छिट्टै समाधान हुने जानकारी दिए ।
यूएसएसडी कोडबाट प्याकेज खरिद गर्ने सेवा प्रभावित भए पनि कम्पनीको मोबाइल एपमा भने सो सेवा नियमित अवस्थामा रहेको देखिन्छ ।