काठमाडौं । टिकटकमाथि लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटउपर आज सुनुवाइ हुने भएको छ । हिजो हेर्न नभ्याइने सूचीमा परेका र थपिएका रिटउपर न्यायाधीश विनाेद शर्माको एकल इजलासमा मंगलबार प्रारम्भिक सुनुवाइ हुने भएको हो ।
कात्तिक २७ काे मन्त्रिपरिषद्काे बैठकले टिकटकमाथि रोक लगाउने निर्णय वाक तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको बताउँदै गत शुक्रबार सर्वाेच्चमा १० ओटा रिट दर्ता भएका थिए । तर हिजो न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको सुनुवाइ हेर्न नभ्याइनेमा परेपछि रोकिएको थियो ।
साथै हिजो (साेमबार) टिकटक प्रतिबन्ध खारेजीकाे माग राख्दै थप तीन ओटा रिट दर्ता भएका थिए ।