close

टिकटक बन्द विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

टेकपाना टेकपाना

मंसिर १९, २०८० १४:२०

टिकटक बन्द विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं । टिकटक बन्दविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा परेको उक्त मुद्दा मंगलबार हेर्न नभ्याइने भएको हो ।

२७ कात्तिकमा सरकारले सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा १४ ओटा रिट दर्ता भएका थिए ।

ती रिटहरुमाथि मंसिर ५ गते भएको प्रारम्भिक सुनुवाइमा सर्वाेच्चले मङ्सिर १५ गतेभित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारकाे नाममा आदेश जारी गर्नुका साथै आज (मंगलवार) का लागि पूर्ण सुनुवाइको पेसी तोकेको थियो ।

टिकटक बन्द निर्णयको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित अधिवक्ताहरू सुनीलरञ्जन सिंह, यज्ञमणि न्यौपाने, अनन्तराज लुइँटेल, पर्शुराम पाण्डे, प्रेमराज सिलवाल, स्वागत नेपाल, अञ्जन धिताल, रामकृष्ण बन्जारा लगायतले छुट्टाछुट्टै रिट दर्ता गरेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८० १४:३१