close

खरिद गर्नका लागि युरोपको सबैभन्दा उपयुक्त कार ठहरियो बीवाईडी डल्फिन ईभी

टेकपाना टेकपाना

पुस २, २०८० १२:३

खरिद गर्नका लागि युरोपको सबैभन्दा उपयुक्त कार  ठहरियो बीवाईडी डल्फिन ईभी

काठमाडौं । बीवाईडीको पछिल्लो मोडल डल्फीनले यूरोपकै प्रतिष्ठित अवार्ड ‘बेस्ट बाई कार अफ युरोप २०२४’ अर्थात् (यो वर्ष युरोपमा खरिद गर्नका लागि उत्कृष्ट कार) अवार्ड जित्न सफल भएको छ । यो अवार्ड युरोपभर बिक्री हुने कारहरू मध्ये उत्कृष्टलाई प्रदान गरिंदै आइएको छ ।

उक्त प्रतिस्पर्धामा डल्फिनले अवार्ड हात पार्ने क्रममा ठूला कार निर्माताका बलिया प्रोडक्टलाई उछिन्न सफल भएको थियो । जसमा हुन्डाई कोना दोस्रो स्थानमा र तेस्रो स्थानमा जिपको एभेन्जर छन् ।

अष्ट्रियाको टिसडार्फ सहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिको थियो । त्यसका लागि युरोपभरका ३१ देशबाट आएका अटो क्षेत्रका ३१ जना पत्रकारहरूको जुरीले मतदान गरी डल्फिनलाई अवार्ड दिएका हुन् ।

उनीहरूले डल्फिनलाई फिचर लोडेड क्याबिन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरीय प्रविधिको प्रयोग भएको पूर्ण कारको संज्ञा दिएका थिए । त्यसमा सुरक्षित र सफल ब्लेड ब्याट्रीको प्रयोगले सुरक्षामा नयाँ मानक स्थापित गरेको मानिएको छ । त्यसै आधारमा डल्फिनले २०.०५७ अङ्क सहित पहिलो स्थान सुरक्षित गर्न सफल भएको हो ।

जुरीले बीवाइडीको मोडललाई ‘बेस्ट बाई कार अफ युरोप २०२४  अवार्ड दिएको यो नै पहिलो पटक हो । अवार्ड दिएपछि अटोबेस्टका अध्यक्ष भान भार्डीले भनेका छन्, ‘बीवाईडी डल्फिनले बजारमा आएदेखि नै उत्कृष्ट पर्फमेन्स दिएको छ । हामीले दशककै सन्तुलित अटो बेस्ट प्रतिस्पर्धा गराएका छौं । यसमा डल्फिनले एक विद्युतीय साधनको रूपमा योग्य भएर शीर्ष उपाधि जित्न सफल भएको छ ।’

जुरीले डल्फिनको प्रशंसा गर्ने क्रममा यसको साइज, आरामदायी, ड्राइभिङको आनन्दलाई मुख्य आधार बनाएका थिए । सानो साइजमा धेरै स्पेस पाउन सकिने भएकाले यो गाडीले धेरैलाई लोभ्याइरहेको हुन्छ । अर्को विशेषता भनेको यसको मूल्य पनि हो ।

नेपालमा केवल ३९ लाख ८० हजार रुपैयाँमा डल्फिन खरिद गर्न पाइन्छ । बेस्ट बाई कार अफ युरोपको यो २३ औं संस्करण हो ।

पछिल्लो अध्यावधिक: पुस २, २०८० १२:३