close

जुनसुकै ब्रान्डका पुराना बाइक र स्कुटर टीभीएसको विद्युतीय स्कुटरसँग साट्न सकिने

टेकपाना टेकपाना

पुस २, २०८० १८:५३

जुनसुकै ब्रान्डका पुराना बाइक र स्कुटर टीभीएसको विद्युतीय स्कुटरसँग साट्न सकिने

पोखरा । जुनसुकै ब्रान्डका पुराना बाइक र स्कुटर टीभीएसको  विद्युतीय स्कुटरसँग साट्न सकिने भएको छ । टीभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमवारदेखि पोखराको न्युरोडस्थित सिटी स्क्वायर ब्याङ्केटमा टीभीएस आईक्यूब एक्सचेन्ज एक्ट्राभगान्जा सुरु  गरेको हो । 

यस एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरूले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा २५ हजार ००० सम्मको थप भ्यालुएसन पाउन सक्ने बताइएको छ । यसका साथै शून्य प्रतिशत ब्याजमा टीभीएस आईक्यूब खरिद गर्न पनि सकिने कम्पनीले जनाएको छ । 

त्यसैगरी जम्मा एक लाख  सात हजारको डाउन पेमेन्टमा नै टीभीएस आईक्यूब खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ । साथै यस एक्सचेन्ज क्याम्पमा ग्राहकले फ्रि एक्ससरिज र फ्रि राइडको सुविधा पनि लिन सक्नेछन् । 

टीभीएसले नाडा अटो शोमार्फत नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्यूब सार्वजनिक गरेको  थियो । यो एक्सचेन्ज एक्ट्राभगान्जा २ पुसदेखि ६ पुससम्म टीभीएसको पोखराका लागि आधिकारिक डिलर बतास ब्रदर्श प्रालिले सञ्चालन गरिरहेको छ । 

 

 

पछिल्लो अध्यावधिक: पुस २, २०८० १८:५३