काठमाडौं । नेपाली ब्रान्ड अलेवाले स्मार्टवाच र इयरबड्स सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले हालै विभिन्न फिचर भएको स्मार्टवाच र इयरबड सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको अवसरमा आगामी ७ जनवरीसम्म खरिद गर्ने प्रयोगकर्ताले स्मार्टवाचमा दुई हजार रुपैयाँ र इयरबडमा ५०० रुपैयाँ छुट पाउने कम्पनीका संस्थापक विकास अग्रवालले जानकारी दिए ।
"हामीले आकर्षक अफरमा स्तरीय फिचर भएका स्मार्टवाच नेपाली बजारमा ल्याइरहेका छौं । यो पटक इनोभेसन, डिजाइन र फङ्सनका सन्दर्भमा उत्कृष्ट मानिने फिचरसहित यी डिभाइस ल्याएका छौं," उनले टेकपानासँग भने ।
कस्तो छ स्ट्राइक स्मार्टवाच ?
स्ट्राइक स्मार्टवाचमा २.०१ इन्च एमोलेड डिस्प्ले र मेटल बडी रहेको छ । नेपालमा उपलब्ध एमाेलेड डिस्प्ले भएकाे स्मार्टवाचमध्ये याे नै सबैभन्दा सस्ताे स्मार्टवाच भएकाे कम्पनीकाे दाबी छ ।
ब्लुटुथ कलिङ र भ्वाइस कन्ट्रोल सुविधा भएको यस स्मार्टवाचमा सय ओटाभन्दा बढी एक्सर्साइज मोड रहेका छन् । यसलाई प्रयोगकर्ताले आफ्नो फिटनेस रुटिन र विभिन्न किसिमका एक्सर्साइज मोडमा प्रयोग गर्न सक्नेछन् ।
कम्पनीले यो स्मार्टवाचमा हर्ट रेट, ब्लड प्रेसर, ब्लड अक्सिजन, ब्रिदिङ ट्रेनिङ लगायतका सुविधा रहेको उल्लेख गरेको छ । आईपी६७ वाटरप्रुफिङ रेटिङ भएको यो स्मार्टवाचलाई लगातारको प्रयोगमा सात दिन र सामान्य प्रयोगमा ३० दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।
जेरी ७०१६ एफ ६ चिपद्वारा सञ्चालित यस स्मार्टवाचले एनएफसी सपोर्ट गर्ने भनिएको छ ।
अल्वेज अन डिस्प्ले, गेम्स, स्ट्रेस टेस्ट, क्यालेन्डर, पासवर्ड अनलिङ, कस्टम डायल, वेदर फोरकास्ट, म्युजिक कन्ट्रोल, स्टेप काउन्टिङ, स्लिप मोनिटरिङ, माइलेज तथा सर्चको फिचर रहेको छ ।
यो स्मार्टवाच छ महिनाको वारेन्टीका साथ खरिद गर्न सकिन्छ । प्रयोगकर्ताले स्मार्टवाच खरिदमा अतिरिक्त स्ट्राप र स्क्रिन सेभर पाउन सक्नेछन् । यसको मूल्य कम्पनीले चार हजार ९९९ रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार सुरुवाती सय ग्राहकले दुई हजार छुट पाउनेछन् ।
कस्तो छ सिग्मा इयरबड ?
१३ एमएमको ड्राइभर भएको यो इयरबडमा ६५० एमएएच क्षमताको केस उपलब्ध छ । प्रत्येक इयरबडमा ४० एमएएच क्षमताको ब्याट्री रहेको छ । यसमा ६० घण्टाको प्लेब्याक टाइम रहेको छ । इयरबडलाई एक पटक चार्ज गर्दा कम्तीमा पाँच घण्टासम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।
स्ट्यान्डबाई टाइममा प्रयोग गर्दा भने १०० घण्टासम्म प्रयोग गर्न सकिनेछ । त्यस्तै केसलाई पाँच मिनेट चार्ज गर्दा ९० मिनेटको प्लेब्याक टाइम पाउन सकिने कम्पनीले उल्लेख गरेको छ ।
विभिन्न किसिमका डिभाइसमा सजिलै कनेक्ट गर्न सकिने यो इयरबडले गुगल असिस्टेन्ट र सिरी सपोर्ट गर्ने कम्पनीको भनाइ छ ।
१० मिटरको दूरीसम्म बिना कुनै डिस्टर्बेन्स प्रयोग गर्न सकिने यो इयरबडमा टच गरेर कल उठाउन वा काट्न तथा म्युजिक प्ले पज गर्न सकिन्छ ।
यसमा पनि कम्पनीले छ महिनाको वारेन्टी दिएको छ । यसको सुरुवाती मूल्य दुई हजार ९९९ रुपैयाँ तोकिएको छ । अफरमा यो इयरबड दुई हजार ४९९ रुपैयाँमा खरिद गर्न सकिन्छ ।