close

इन्स्टाग्राम र स्न्यापच्याटबाटै खिच्न सकिनेछ अब क्यामेराको जस्तो स्तरीय फोटो

टेकपाना टेकपाना

माघ ४, २०८० १२:१४

इन्स्टाग्राम र स्न्यापच्याटबाटै खिच्न सकिनेछ अब क्यामेराको जस्तो स्तरीय फोटो

काठमाडौं । सामसङ एस२४ सिरिज प्रयोगकर्ताले इन्स्टाग्राम र स्न्यापच्याटबाटै स्तरीय फोटो खिच्न सक्ने भएका छन् । बुधवार भएको सामसङ अनप्याक्ड इभेन्टमा कम्पनीले एस२४ सिरिज सार्वजनिक गर्दै त्यसमा सोसल मिडिया एपबाटै स्तरीय फोटो खिच्ने सकिने जानकारी दिएको हो ।

सामान्यतः जति स्तरीय फोटो फोनको वास्तविक क्यामेराबाट आउँछ, त्यति सोसल मिडिया एपबाट आउँदैन । हुन त सोसल मिडिया एपमा फिल्टर प्रयोग गरिने हुँदा गुणस्तरलाई खासै याद गरिएको हुँदैन । तर, सामसङको नयाँ सिरिजमार्फत प्रयोगकर्ताले सोसल मिडिया एपमा स्तरीय फोटो अपलोड गर्न क्यामेरा एपबाटै फोटो खिचिरहन पर्दैन ।

प्रयोगकर्ताले त्यही क्वालिटीको फोटो इन्स्टाग्राम र स्न्यापच्याटमा अपलोड गर्न सक्नेछन् । त्यसबाहेक सुपर एचडीआर सहितका फोटो इन्स्टाग्रामबाटै खिच्न सकिने कम्पनीको भनाइ छ ।

विशेषगरी जस्तो अवस्था (लाइट) मा तपाईंले फोटो खिच्नु भएको छ त्यस्तै अवस्थामा अपलोड गर्न सकियोस् भन्नका लागि सामसङले इन्स्टाग्राम र स्न्यापच्याटसँग सहकार्य गरेको छ ।

यससँगै इन्स्टाग्राममा फोटोका लागि एचडीआर इनेबल गर्ने पहिलो कम्पनी भएको सामसङको दाबी छ । सामसङले एस २४ सिरिजका लागि ल्याएको यो सुविधा अन्य मोडेलमा उपलब्ध हुन्छ वा हुँदैन भन्ने स्पष्ट छैन ।

पछिल्लो अध्यावधिक: माघ ४, २०८० १२:१७