close

नेपालमा बेलायती विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स कोर्स, यी विद्यार्थीले पढ्न पाउने

टेकपाना टेकपाना

माघ ७, २०८० १३:२४

नेपालमा बेलायती विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स कोर्स, यी विद्यार्थीले पढ्न पाउने

काठमाडौं । काठमाडौँको थापाथलीस्थित द ब्रिटिश कलेजले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्स सञ्चालनमा ल्याउने भएको छ । कलेजले युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्डबाट सम्बधन लिएर स्नातक तहमा ‘बीएससी (अनर्स) कम्प्युटर साइन्स- आर्टिफिसियल इन्टेलिजेन्स’ पढाउने भएको हो ।

चार वर्षे (आधारभूत तहसहित) कोर्स जागिरमुखी भन्दा पनि रोजगारी सिर्जना गर्ने खालको रहेको कलेजले जनाएको छ । कोर्सको भर्ना कार्यक्रम अङ्ग्रेजी महिनाको जनवरी र सेप्टेम्बरमा हुने छ ।

भर्ना हुन कक्षा १२ को अन्तिम नतिजामा न्यूनतम ६० प्रतिशत अर्थात् २.४ जीपीए अङ्क प्राप्त गरेको हुनुपर्छ । तर विद्यार्थीले अङ्ग्रेजी भाषाको परीक्षामा १० मध्ये कम्तीमा ६ अङ्क ल्याएको हुनुपर्छ ।

यो कोर्समा विद्यार्थीले मोडर्न एआई, डेटा एनालिटिक्स लगायत यस क्षेत्रमा आवश्यक पर्ने सीप सिक्न पाउने बताइएको छ । त्यस्तै कोर्स अध्ययनपछि विद्यार्थीहरू मसिन लर्निङ इन्जिनियर, न्याचुरल ल्याङ्ग्वेज प्रोसेसिङ स्पेसलिस्ट, एआई कन्सल्ट्यान्ट, रोबोटिक्स इन्जिनियर. गेम एआई डेभलपर लगायत बन्नसक्ने कलेजले जनाएको छ ।

कोर्सबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।


 


 

 

पछिल्लो अध्यावधिक: माघ ७, २०८० १३:२४