close

च्याटजीपीटीको सहयोगमा सिरीको एआई भर्सन ल्याउँदै एप्पल

टेकपाना टेकपाना

माघ १३, २०८० १५:३५

च्याटजीपीटीको सहयोगमा सिरीको एआई भर्सन ल्याउँदै एप्पल

काठमाडौं । एप्पलले आउँदो जुन महिनामा भोइस असिस्टेन्ट सिरीको एआई भर्सन ल्याउने सङ्केत गरेको छ । आईओएस १७.४ मा एप्पलले यस्तो फिचर प्रस्तुत गर्ने सङ्केत दिएको हो ।

अहिलेसम्म एप्पलले च्याटजीपीटी जत्तिकै स्मार्ट सिरी सार्वजनिक गरेको छैन । तर सिरीमा एप्पलले एआई एकीकृत गर्न झन्डै एक अर्ब डलर लगानी गरिसकेको छ ।

नाइनटुफाइभ म्याकका अनुसार एप्पलले च्याजीपीटीको सहयोगमा सिरीकाे नयाँ संस्करणमा काम गरिरहेको छ । जुन आईओएसको १७.४ को बेटा भर्सनमा पत्ता लागेको छ । सोही क्रममा नै सिरीको नयाँ भर्सनलाई अझ स्मार्ट बनाउन ओपनएआईको कोड प्रयोग गरेको सङ्केत मिलेको नाइनटुफाइभ म्याकले उल्लेख गरेको छ ।

त्यस्तै सिरीको एआई फिचर चलाउन नभइ एप्पलले आफ्नो लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) सँग तुलना गर्न च्याटजीपीटी प्रयोग गरिरहेको बताइएको छ । हाल एप्पलले कम्तीमा चार ओटा फरक-फरक एआई मोडलहरूको परीक्षण गरिरहेको जनाइएको छ । जसमध्ये आफ्नो इन हाउस एलएलएम एज्याक्स जीपीटी (AjaxGPT)को अन डिभाइस र अफ डिभाइस गरी दुई ओटा भर्सन र फ्लान-टीफाइभ (FLAN-T5) छन् ।

जनवरीको सुरुवातमा सिरी सहित अन्य सेवामा एप्पलले एआई एकीकृत गर्ने हल्ला फैलिएको थियो । सो अनुसार एप्पलले २०२४ को वर्ल्डवाइड डेभलपर कन्फ्रेन्समा एआई एकीकृत गरिएको सिरी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: माघ १३, २०८० १६:३२