close

राहदानीका लागि ३४ हजार घुस लिएको भन्दै कम्प्युटर इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा दायर

टेकपाना टेकपाना

माघ १४, २०८० १५:३९

राहदानीका लागि ३४ हजार घुस लिएको भन्दै कम्प्युटर इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । राहदानी विभागमा करारमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदीप भट्टराई र एक सेवाग्राहीविरुद्ध घुस लेनदेनको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र सहजीकरणको लागि खटाइएका भट्टराईले राहदानी बनाएबापत् सुमी धामी भनेर चिनिने सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएको भन्दै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको थियो ।

सेवाग्राही सापकोटाले घुस बापतको रकम भट्टराईको खातामा जम्मा भएको फेला पारेपछि आइतवार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

दुवै आरोपीसँग ३४ हजार रकम बिगो र कैद सजाय माग गरिएको छ ।

पछिल्लो अध्यावधिक: माघ १४, २०८० १५:५५