close

४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको स्मार्टफोन रियलमी सी५१ को नयाँ भेरियन्ट नेपालमा

टेकपाना टेकपाना

माघ २९, २०८० ११:६

४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको स्मार्टफोन रियलमी सी५१ को नयाँ भेरियन्ट नेपालमा

काठमाडौं । नयाँ स्मार्टफोन रियलमी सी ५१ को नयाँ भेरियन्ट नेपाली बजारमा आएको छ । चिनियाँ मोबाइल निर्माता कम्पनीले ४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज रहेको भेरियन्टमा बजारमा ल्याएको हो । 

आकर्षक ग्लिटरी लुकमा उपलब्ध यो फोनको मूल्य १४ हजार ४९९ रुपैयाँ रहेको छ । जसमा ५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा दिइएको छ । 

यो अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च गुणस्तरमा विस्तृत विवरण सहितको तस्विर खिच्न सक्ने कम्पनीको दाबी छ ।

७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ आएको रियलमी सी ५१ कम्प्याक्ट, हलुका र अलग स्टाइलमा छ । 

३३ वाट क्विक चार्जिङ सुविधा रहेको यो फोनमा ५,००० एमएएचको ब्याट्री राखिएको छ । जुन दिनभर ढुक्कसँग फोन चलाउन पर्याप्त छ । 

रियलमी सी ५१ मा रहेको ४ जीबी र्‍याम डायनामिक र्‍यामका साथै सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न पनि सहज रहेको छ । यसमा रहेको ६.७४ इन्च आकारको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट पाउन सकिन्छ । 

ठुलो आकारको स्क्रिनले प्रयोगकर्तालाई उत्कृष्ट गेमिङ अनुभव  प्रदान गर्ने कम्पनीले जनाएको छ । अक्टा–कोर चिपसेटले विकसत प्रविधि र कुशल प्रोसेसिङ क्षमताका साथ उत्कृष्ट पर्फमेन्स तथा अनुभव प्राप्त गर्न सकिने बताइएको छ । 

रियलमीको ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज भेरियन्ट पनि नेपाली बजारमा उपलब्ध छ । जसको मूल्य १३ हजार ४९९ रुपैयाँ रहेको छ । 

 

पछिल्लो अध्यावधिक: माघ २९, २०८० ११:८