close

सहिद परिवारलाई लक्षित गर्दै टेलिकमले ल्यायो प्रजातन्त्र दिवस विशेष अफर

टेकपाना टेकपाना

फागुन ६, २०८० १६:४२

सहिद परिवारलाई लक्षित गर्दै टेलिकमले ल्यायो प्रजातन्त्र दिवस विशेष अफर

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा वीर सहिदहरूको सम्मानार्थ सहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न अफर ल्याएको छ । कम्पनीले आइतबारदेखि आउँदो १२ फागुनसम्म लागू हुने यस्ता अफर ल्याएको हो । 

टेलिकमले देशमा प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र प्राप्तिको लागि आहुति दिने वीर सहिदहरूको सम्मानमा सहिद परिवारलाई विभिन्न प्रकारका प्याकेज उपलब्ध गराएको छ । जसमा साविक बमोजमको फ्रि रिसोर्स अर्थात १ जीबी डेटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिनसम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड सहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ ।

त्यस्तै एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको वार्षिक प्याकेज र कम्बो वार्षिक प्याकेजमा समेत सहित परिवारले सहुलियत प्राप्त गर्ने बताइएको छ । 

यस बाहेक कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकलाई समेत विभिन्न प्रकारको प्याकेज ल्याइएका छन् । यसअन्तर्गत एक एमबीपीएस अनलिमिटेड डेटाको साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथ ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डेटा प्याकेज रहेका छन् । 

यस बाहेक ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ । 

आगामी १२ फागुनसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी अफर सहितका यी प्याक प्राप्त गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०८० १६:४२