close

एमसीडोडो ब्रान्डका आईफोन एक्सेसरिज नेपाली बजारमा

टेकपाना टेकपाना

फागुन १४, २०८० २१:१८

एमसीडोडो ब्रान्डका आईफोन एक्सेसरिज नेपाली बजारमा

काठमाडौं । विश्वव्यापी रूपमा प्रसिद्ध एक्सेसरिज ब्रान्ड एमसीडोडोका उत्पादन नेपाली बजारमा उपलब्ध हुने भएका छन् । एडुटेक इन्टरनेसनल प्रालिले आईफोन प्रयोगकर्तालाई लक्षित गर्दै उक्त ब्रान्ड नेपाल भित्र्याएको हो ।

एडुटेकले हाल नेपाली बजारमा विभिन्न मोडेलका फास्ट चार्जर, टीडब्लूएस इयरबड, वायरलेस पावर बैंक, यूएसबी केवल, म्याग्नेटिक फोन केस लगायतका उत्पादन उपलब्ध गराउँदै आएको छ । उक्त एक्सेसरिज एमपीआई (मेड फर आईफोन) सर्टिफाइड रहेको कम्पनीले बताएको छ । नेपाली बजारमा एमसीडोडोका ५०० रुपैयाँदेखि १२ हजार रुपैयाँसम्मका एक्सेसरिज रहेका छन् ।

आईफोनप्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै प्रयोगकर्तालाई सहजीकरण गर्न एमसीडोडोका विभिन्न एक्सेसरिज भित्र्याइएको एडुटेकले जनाएको छ । जसमा आईफोनमा प्रयोग गर्न मिल्ने चार्जर, डेटा केबुल, इयरबड लगायत रहेका छन् ।

ग्राहकले देशभर रहेका विभिन्न खुद्रा बिक्रेता पसल र अनलाइन मार्केटप्लेस दराजबाट ती एक्सेसरिज विभिन्न कलर अप्सनमा खरिद गर्न सक्नेछन् ।

एमसीडोडोका उत्पादन उच्च गुणस्तरीय, सुरक्षित, भरपर्दो र प्रयोगका लागि सहज मानिन्छन् । यसका उत्पादन युरोप, अमेरिका, दक्षिण एसिया लगायत विश्वका १०० भन्दा बढी देशमा उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: फागुन १४, २०८० २१:१८