close

फोनपेले ल्यायो सक्षम नारी अभियान, १ हजारको टपअपदेखि हिराको सेटसम्म जित्ने अवसर

टेकपाना टेकपाना

फागुन १५, २०८० १२:८

फोनपेले ल्यायो सक्षम नारी अभियान, १ हजारको टपअपदेखि हिराको सेटसम्म जित्ने अवसर

 

काठमाडाैं । भुक्तानी नेटवर्क फोनपेले महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो ‘सक्षम नारी’ अभियान सुरु गरेको छ । नबिल, एनआईएमबी र सानिमा बैंकसँगको सहकार्यमा सुरु भएको यस अभियानले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीहरूलाई डिजिटल भुक्तानीका माध्यममा सशक्त बनाउने कम्पनीले जनाएकाे छ ।

यो अभियान आउँदो २८ फागुनसम्म चल्नेछ । अभियानमा सहभागी हुन नबिल, एनआईएमबी र सानिमा बैंकका महिला प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत अभियान अवधिभर कुनै पनि फोनपे सेवाहरू फोनपे क्यूआर, फोनपे डाइरेक्ट र  फोनपे बिल प्रयोग गरी कम्तीमा तीन ओटा कारोबार गर्नुपर्ने छ ।

नबिल बैंकका एकजना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि श्री बालाजी डायमण्डबाट हिरा सेट पाउनेछन्, साथै सानिमा बैंक र नबिल बैंकका १०० महिला प्रयोगकर्ताहरूले रु. १,००० को ग्यारेन्टी टपअप जित्नेछन् । 

पछिल्लो अध्यावधिक: फागुन १५, २०८० १२:८