close

२९,९९९ मै पाइने ५१२ जीबी स्टोरेज भएको आकर्षक फोन अनर एक्स८बी नेपाली बजारमा

टेकपाना टेकपाना

फागुन १७, २०८० १२:२

२९,९९९ मै पाइने ५१२ जीबी स्टोरेज भएको आकर्षक फोन अनर एक्स८बी नेपाली बजारमा

काठमाडौं । अनरको नयाँ स्मार्टफोन अनर एक्सएटबी (X8b) नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कङ्ग्रेससँगै बिहीबार नेपालमा समेत उक्त फोन ल्याएको हो । 

५१२ जीबी स्टोरेज भएको यो फोनको मूल्य कम्पनीले यस अघि नै सार्वजनिक गरिसकेको छ । जसअनुसार २९ हजार ९९९ रुपैयाँ पर्ने अनर एक्सएटबीलाई कम्पनीले कम्प्युटर स्तरको स्टोरेज भएको फोनको रूपमा चर्चा गरिरहेको छ । 

बजारमा यो मूल्यमा ५१२ जीबी स्टोरेज युक्त फोन आफ्नो मात्रै भएको दाबी अनरले गरेको छ । बार्सिलोनामा आयोजित कार्यक्रम मार्फत अनरले अनर एक्स एट बीसँगै म्याजिक सिक्स सिरिज, म्याजिक भीटु सिरिज र म्याजिकबुक प्रो १६ समेत सार्वजनिक गरेको छ । 

नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले केही दिन अघि सुरु गरेको प्रि-बुकिङ समेत बुधबार सकिएको छ । यससँगै अब अनर एक्स एट बी नेपालभर खरिदका लागि उपलब्ध भएको छ । 

 स्टोरेज र पर्फर्मेन्स

अनर एक्स एट बीमा १६ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज रहेको छ । जसमा १६ जीबी र्‍याम अन्तर्गत आठ जीबी आन्तरिक र बाँकी आठ जीबी अनर र्‍याम टर्बो समावेश छ । कम्प्युटर-स्तरको स्टोरेजले ग्राहकलाई स्टोरेजको विषयलाई लिएर कुनै चिन्ता हुन नदिने र पर्फर्मेन्स पनि सहज बनाउने अपेक्षा गरिएको छ ।

पर्फर्मेन्सको कुरा गर्नुपर्दा अनर एक्स एट बी एन्ड्रोइड १३ मा आधारित म्याजिक ओएस ७.२ र  क्वालकमप स्न्यापड्रागन ६८० मा सञ्चालन हुन्छ । अन्य अनर स्मार्टफोन जस्तै अनर एक्सएटबीमा पनि गुगल सर्भिस उपलब्ध छ । 

 क्यामेरा

अनर एक्सएटबीमा १०८ एमपी मुख्य क्यामेरा, वाइडर डेप्थ क्यामेरा र दुई एमपी म्याक्रो क्यामेरा गरी पछाडि भागमा तीन ओटा क्यामेराको सेटअप रहेको छ । त्यस्तै सेल्फीका लागि यो फोनमा ५० एमपी क्यामेरा दिइएको छ ।  

डिस्प्ले

अनर एक्सएटबीमा अत्याधुनिक ६.७ इन्चको आँखालाई समेत सहज हुने ब्राइट एमोलेड डिस्प्ले राखिएको छ । जसले १२०० निट्सको एचबीएम ब्राइटनेस र दुई हजार निट्सको अधिकतम ब्राइटनेस, प्रदान गर्छ । यस बाहेक, डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट र ३,२४० हर्जको पीडब्लूएम डिमिङ सुविधा छ । जसले प्रयोगकर्तालाई आँखाको तनावबाट जोगाउँछ ।  स्मार्टफोनमा लामो समय बिताउने प्रयोगकर्ताका लागि यो विशेषता उपयोगी हुनेछ । 

डिजाइन

६.७८ एमएम अल्ट्रा-स्लिम अनर एक्सएटबी बजारकै सबै भन्दा पातलो र किफायती स्मार्टफोन मध्येको एक हो । स्लिम र १६६ ग्राम तौल रहेको यो फोन खल्तीमा राख्न पनि सजिलो छ ।

ब्याट्री र चार्जिङ

अनर एक्सएटबीमा ४५,००० एमएएच  ब्याट्री रहेको छ । एक पटक चार्ज गर्दा यो फोनमा ४६ घन्टासम्मको म्युजिक स्ट्रिमिङ, १३घन्टाको भिडिओ प्लेब्याक, १४ घण्टा छोटो भिडिओ क्लिप ब्राउजिङ, वा १७ घन्टा सामाजिक सञ्जाल ब्राउजिङ प्राप्त गर्न सकिने कम्पनीको भनाई छ । फोनको साथमा ३५ वाट तारसहितको अनर सुपर चार्जर पाउन सकिन्छ । जसले अनर एक्सएटबीलाई छिटो चार्ज गर्ने बताइएको छ ।  

मूल्य र उपलब्धता

सेलट्रोन नेपालले अनर एक्सएटबीको एक मात्र १६ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज भेरियन्ट ल्याएको छ । २९ हजार ९९९ रुपैयाँ पर्ने यो फोन आधिकारिक रिटेलर स्टोर र अनलाइन प्लेटफर्म दराज र हुकुटमार्फत खरिद गर्न सकिनेछ ।

 

पछिल्लो अध्यावधिक: फागुन १७, २०८० १६:५