काठमाडौं । एन्ड्रोइड फोनमा पनि स्याटलाइट एसओएस फिचर आउने भएको छ । गुगलले अबको केही महिनामा सार्वजनिक हुने एन्ड्रोइड १५ अपरेटिङ सिस्टममार्फत यस्तो सुविधा दिन लागेको हो ।
एन्ड्रोइड १५ को बेटा संस्करणमा यस्तो सुविधा फेला परेको एन्ड्रोइड अथोरिटीले जनाएको छ । पिक्सेल फोनमा उपलब्ध भएको यो फिचर अन्य एन्ड्रोइड फोनमा पनि आउने अनुमान छ ।
यस सुविधाले प्रयोगकर्ताहरूलाई सेलुलर वा वाई-फाई जडान नभएको क्षेत्रमा आपतकालीन मद्दतलाई सम्पर्क गर्न अनुमति दिन्छ ।
फोनको 'सेफ्टी एन्ड इमर्जेन्सी सेटिङ' मा पाइने यो सुविधामार्फत प्रयोगकर्तालाई आपतकालीन अवस्थामा कल गर्न वा टेक्स्ट गर्न, गुगल म्याप्सबाट लोकेशन शेयर गर्न र तथा अन्य आवश्यक जानकारी प्रदान गर्न सकिनेछ ।
गुगलले यस फिचरबारे अहिलेसम्म आधिकारिक रूपमा कुनै जानकारी दिएको छैन । उता, एप्पलले भने गत वर्ष आईफोन १४ सिरिजबाट यस्तो सुविधा ल्याइसकेको छ ।